काठमाडौं । सरकारले संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निणर्य गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले चालु अधिवेशन अन्त्य गर्ने निणर्य गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
उनकाअनुसार आज राति १२ बजेबाट लागू हुनेगरी मन्त्रिपरिषदले उक्त सिफारिस गरेको हो । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति समक्ष संसदको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो । गत भदौ २३ मा सुरु भएको संसद अधिवेशन एमालेका कारण लगातार अवरुद्ध हुदै आएको छ ।