Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

तोकेकै समयमा स्थानीय तहको निर्वाचन हुन्छ : गृहमन्त्री खाँण

Author Avatar साझा न्यूज 17th March 2022 , 5:26 PM
तोकेकै समयमा स्थानीय तहको निर्वाचन हुन्छ : गृहमन्त्री खाँण

तौलिहवा, चैत ३ गते । सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन समयमै हुने गृहमन्त्री बालकृष्ण खाँणले बताउनुभएको छ । नेपाली काँग्रेस बाणगंगा नगर समितिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा सो कुरा बताउनुभएको हो ।

निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सरकार प्रयत्नशील रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘सबैको सहयोगले निर्वाचन सम्पन्न हुन्छ भन्ने हामी विश्वस्त छौं ।’ निर्वाचनमा अहिलेसम्म भाग नलिएका दलहरुले पनि भाग लिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

गृहमन्त्री खाँणले राष्ट्रिय राजनीतिको मूलधारमा नआएका दललाई पनि मूलधारमा आउन आग्रह गर्नुभयो । लोकतन्त्रलाई सबल पार्ने, जनताको हक अधिकारलाई जनतामाझ पु्र्याउन निर्वाचनको मुल दायित्व रहेको उहाँले बताउनुभयो । स्थानिय निर्वाचनले नगरपालिका, गाँउपालिकाहरुको निर्वाचन र निर्वाचित हुने जनप्रतिनिधिले विकासलाई तिब्रता दिनु हुनेछ उहाँले बताउनुभयो ।

राजनीतिक रुपमा कतिपय मुद्दाहरुमा असहमति हुनसक्छ, आफ्ना फरक र पृथक धारणाहरु हुन सक्छन्, त्यसलाई नेपाली काँग्रेसले सदैव सम्मान गर्दैआएको छ उहाँले भन्नुभयो । नेपाल बहुल्य भाषा, संस्कृति, जात, धर्म भएको देश भएकाले विविधतालाई एकताको केन्द्रविन्दुमा स्थापित गर्नुपरेको गृहमन्त्री खाँणले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘मुलुक सबैको साझा भएकोले नेपालीहरु बलियो हुन जरुरी छ ।’ नेपालीको समृद्धि र विकास भयो भने नेपाल पनि विकसित मुलुक हुने उहाँले बताउनुभयो ।

काँग्रेसले अंगिकार गरिरहेको राष्ट्रियता, लोकतन्त्र र समाजबाद, नागरिक अधिकार, मानवअधिकार, स्वातन्त्र पत्रकारितालगायतका मुलभुत विषयमा काँग्रेसले कसैसँग सम्झौता नगर्ने गृहमन्त्री खाँणले बताउनुभयो । काँग्रेस बलियो भयो भने नेपालमा लोकतन्त्र सुदृढ र सबल हुने उहाँले बताउनुभयो ।

अमेरिकी सहयोग परियोजना एमसीसी विकास आयोजना भएको तर्कगर्दै यो सम्झौता लागू हुँदैमा नेपाली भूमिमा अमेरिकी सेना नआउने बताउनुभयो । असंलग्न परराष्ट्र नीतिप्रति सरकार प्रतिबद्ध रहेको बताउँदै उहाँले एमसीसी सम्झौता पारित हुँदैमा कुनै देश सशंकित हुनु नपर्ने गृहमन्त्री खाँणले बताउनुभयो । एमसीसी देशको गरीवि निवारण, रोजगरीको विकास र भौतिक निर्माणको लागि एउटा परियोजना रहेको उहाँले बताउनुभयो ।

गृहमन्त्री खाँणले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी) पास हुँदैमा अमेरिकाबाट विजुलीको तारमा सेना नेपाल नआउने बताउनुभयो । अमेरिकी सेना नेपाल आउने भ्रमबाट मुक्त हुन उहाँले आग्रह गर्नुभयो ।
काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, महामन्त्री सुरेन्द्रराज आचार्य, कपिलबस्तु प्रतिनिभि सभा
क्षेत्र नं. ३ का सदस्य अभिषेक प्रताप शाह, प्रतिनिधि सभा सदस्य, अतहर कमाल, पार्टी सभापति अब्दुल कलाम खाँ, पूर्व पार्टी सभापति राजेश आचार्य, सुधाकर पाण्डेय लगायतको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी भएको घटना संसदमा उठ्यो

अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी भएको घटना संसदमा उठ्यो

भर्खरै प्रकाशित

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज