साझा न्यूज । संवाददाता
तौलिहवा(कपिलबस्तु), चैत्र ८ । जिल्लामा हुलाकी सडकको सुपरभाईजरको मृत्यु भएको छ । महाराजगंज नगरपालिका २ गैडहवा स्थित हुलाकी सडक पिच गर्ने क्रममा पिटिआर मेशिन (पिच दवाउने) को ठक्करबाट सुपरभाईजरको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका ४ पण्डितडिहवा ३५ वर्षिय बसन्त कुमार यादव रहेको प्रहरीले जनाएको छ । उँहाको ग २ क ४३३९ नं को पिटिआर मेशिनले रोड दवाउने क्रममा ठक्कर दिएको र उपचारको क्रममका ज्यान गएको हो । मृतक यादव हुलाकी सडक आयोजनाको तर्फबाट सुपरभाईजर रहेका थिए । हुलाकी सडक निर्माणको जिम्म शर्मा एण्ड शर्मा कम्पनीले लिएको छ ।
मृतकको शव कपिलबस्तु अस्पताल तौलिहवामा राखिएको प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीले बताउनुभयो । चालक र मेशिन प्रहरीको नियन्त्रणमा रहेको उहाँले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।