साझा न्यूज । संवाददाता
कपिलवस्तु चैत्र ९ ।
गृहमन्त्री बालकृष्ण खाँणले सशस्त्र प्रहरीको लामो समय देखी रोकिएको बढुवा व्यवस्थापनको लागि सरकारले तयारी गरेको बताउनु भएको छ । बढुवाको नितिगत रुपमा काम भैरहेकोले केही महिनामा बढुवा व्यवस्थापन हुने मन्त्री खाणले बताउनुभयो ।
सशस्त्र प्रहरीको अवकाश पछि पनि आत्म निर्भर बनाउनका लागि सरकारले योजना ल्याउने तयारी गरेको गृहमन्त्री खाणले बताउनुभयो ।
सशस्त्र प्रहरीको स्थापना पछि नेपालमा शान्ती सुरक्षा कायम भएको बताउनु भयो । देशको सुरक्षाको लागि सशस्त्र प्रहरी अब्बल रहेको बताउँदै कोभिडको समयमा सशस्त्र प्रहरीले गरेको काम प्रति उच्च मुल्याङकन गरिएको बताउनुभयो ।
कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा सशस्त्र प्रहरीबल नेपाल नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय उद्घाटन गर्दै खाणले एमसिसि राष्ट्रको हितमा रहेको भन्दै सेना आउने कुरामा कुनै सत्यता नरहेको बताउनुभयो ।
एमसिसिको नाममा सडक आन्दोलन भएको र त्यो आन्दोलनमा शसस्त्र प्रहरीले देशलाई शान्ति व्यवस्था कायम राख्न सफल भएको बताउनु भयो । मन्त्री खाणले स्थानीय तहको निर्वाचन नजिकिदै गएकोले निर्वाचनलाई सभ्य रुपमा सम्पन्न गर्न भएकोले यसमा सुरक्षाकर्मीको भूमिका उल्लेखनीय हुने बताउँनु भयो ।
कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले राष्ट्र राष्ट्रिय अखण्डताको रक्षा गर्न सशस्त्र प्रहरी सधै तत्पर रहेको बताउनु भयो । सीमा क्षेत्रमा शान्ति सुरक्षाको विश्वसनीय वातावरण बनाउनु थप बोर्डर आउट पोष्ट स्थापना गर्नु पर्ने बताउनु भयो । उहाँले लुम्बिनी प्रदेशमा ४१ विओपि स्थापना भई सकेको र चालु आर्थिक वर्षमा १७ थप गरिने तयारी भएको बताउनु भयो ।
कुल ५० विगाहा क्षेत्रफलमा फैलिएको मुख्यालयले लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका युनिटहरु रहेको सशस्त्र प्रहरी नायव महानिरीक्षक कुल बहादुर नेम्वाङ्गले बताउनु भयो । २०५७ साल देखी सञ्चालन भएको गणको २०७५ साल भदौ ६ गते स्तर उन्नती भई बाहिनीको रुपमा स्थापना भएको थियो ।
समुद्घाटन् कार्यक्रममा संघीय संसद अभिशेख प्रताप शाह, नेपाली काँग्रेस लुम्बिनी संसदीय दलका नेता विरेन्द्र कुमार कनोडिया, लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन के.सी, शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारी, प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे, प्रहरी नायव महानिरीक्षक कुल बहादुर नेम्वाङ्ग लगायतको उपस्थिती रहेको थियो ।
















































