चितवन। पृथ्वी राजमार्गमा शनिबार बिहान यात्रुवाहक बस पल्टँदा ३८ जना घाइते भएका छन् । चितवनको इच्छाकामना गाउँपालिका-३ कुरिनटार नजिकै पानीधारामा काँकडभिट्टाबाट काठमाडौं जाँदै गरेको बा ५ ख ७९४२ नम्बरको बस बिहान सवा नौ बजेतिर अनियन्त्रित भएर सडकमा पल्टिएको थियो।
बसमा सवारमध्ये ३८ जना घाइते भएको जिल्ला प्रहरी कार्यनलय चितवनले जनाएको छ।
घाइतेहरूमध्ये २५ जनाको फिस्लिङको पोलिक्लिनिकमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । चालक सहित ६ जनाको चितवन भरतपुरको पूरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
उनीहरूमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ । चालकको अवस्था मध्यम र चार जनाको अपस्था सामान्य रहेको प्रहरीले बताएको छ।
त्यस्तै घाइते ५ जनालाई उपचारको लागि ललितपरस्थित बीएण्डबी अस्पताल लगेकोमा दुई जनाको अवस्था गम्भीर र बाँकीको अवस्था सामान्य छ । दुर्घटनाग्रस्त बसले सडक नै ढाकेका कारण दुवैतर्फ बाटो अवरोध भएकोमा क्रेनले बस हटाई दुईतर्फ बाटो खुला गरेको चितवन प्रहरीले जनाएको छ ।