काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको धरहरा पछिको सबैभन्दा ठूलो भनिएको भ्युटावरको उद्घाटन गरेका छन् ।
तिलोत्तमा नगरपालिका-२ स्थित बनवाटिकामा निर्माण गरिएको १३४ फिट अग्लो १० तले भ्युटावरको उद्घाटन पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले आज एक कार्यक्रमबीच गरेका हुन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले करिब ९ करोड रुपैयाँ खर्चिएर बनाइएको भ्यूटावरको मंगलबार उद्घाटन गरेका हुन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रोल्पाको लिवाङमा ६ करोडको भ्यूटावर उद्घाटन गरेको भोलिपल्ट ओलीले रुपन्देहीको तिलोत्तमा पुगेर ९ करोडको भ्यूटावर उद्घाटन गरेका हुन् ।
लिफ्टसहितको सुविधा भएको भ्युटावरभित्र रेष्टुरेन्ट, विश्रामस्थल, डिपार्टमेन्टल स्टोर, पुस्तकालय, शौचालय, वातानुकल कार्यालयसहितको सुविधा सम्पन्न रहेको नगरपालिकाले जनाएको छ । सो भ्युटावरवाट भारतको गोरखपुरसम्म देख्न सकिने छ ।
कपिलवस्तुका स्वतन्त्र सांसद बृजेशकुमार गुप्तालगायतलाई पार्टी प्रवेश गराउन सोमबार कपिलवस्तु पुगेका एमाले अध्यक्ष ओली आज दिनभर रुपन्देहीमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुनेछन् ।