कपिलवस्तु २१ चैत
नोपली कांग्रेस कपिलवस्तुका युवा नेता लुम्बिनी प्रदेशको पर्यटन विकास परिषदको सदस्यमा मोनोनित भएका छन । पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री दिल्ली बहादुर चौधरीले प्रसान्त कार्कीलाई परिषद सदस्यमा मनोनित गरेका हुन ।
परिषद नियमावली २०७८ को नियम ३ को उप नियम २ को खन्ड ५ बमोजिम सदस्यमा मनोनित गरिएको हो । पार्टीको राजीनिति देखि बिभिन्न सामाजिक संस्थामा कार्य गर्दै आएका कार्कीले आफुले लुम्बिनी प्रदेश सहीत कपिलवस्तुको पर्यटकीय विकासमा सक्दो कोशिश गर्ने बताए । उनले प्रदेश सरकारसंग कपिलवस्तुको पर्यटकीय विकासमा थप लगानी गर्ने पहल गर्ने बताए ।