-ईसाझा न्यूज/तौलिहवा
गत चैत्र १४ गते नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ठूलै तामझाम बिच कपिलवस्तुको तौलिहवामै एक कार्यक्रममा बिभिन्न ब्यक्तिलाई पार्टी प्रवेश गराएका थिए।
सोहि कार्यक्रममा कपिलवस्तु नगरपालिका वडा नं. १ को वडाध्यक्ष(स्वतन्त्र) सुदिप पौडेल पनि एमाले प्रवेश गरेका थिए। युवाहरु माझ निकै लोकप्रिय मानिने विकाश प्रेमी युवा नेता पौडेल कपिलवस्तु नगरपालिकाको मेयर पदका आकांक्षी व्यक्ति हुन्।
यसैबिच युवा नेता पौडेलले एमालेबाट मेयर पदको उम्मेदवार हुने सम्भावना कम देखे पछि पार्टी परिवर्तन गर्ने सम्भावना रहेको भन्ने समाचार ईसाझा न्यूजले प्रकाशित गरे लगत्तै कपिलवस्तुमा तरंग नै ल्याएको थियो।
एमालेबाट मेयर पदको टिकट पाउने अवस्था निकै नै न्यून रहेकाले छिटै नै बलियो पार्टी चयन गरि पौडेल प्रवेश गर्ने ईसाझा न्यूज सुत्रको दावि छ।
यसैविच पौडेलले निकै भावुक हुदै लेखेको स्टाट्सले एमाले प्रवेश गर्दा निकै नै ठुलो आश्वासन पाएको र अहिले आएर धोका हुन सक्ने सम्भावना रहेको आशय प्रस्ट देखिन्छ।
स्टाट्समा “जिन्दगी को राजनीतिक (सामाजिक)यात्राको आज म कठिन मोडमा ……………………..
सोच्न बाध्य “ भनेर लेखेका छन् ।
यो समाचार लेखुन्जेल २९९ वटा कमेन्ट रहेको उक्त सटाट्समा पौडेलका शुभ चिन्तकहरुले स्टाट्स पढि भावुक हुदै हिम्मत न हारी अगाडी बढ्न सुझाव दिएका छन्।