कतार । कतार सरकारले जेल जीवन बिताइरहेका २१ जना नेपालीहरुले क्षमादान दिएको छ ।
ईस्लामहरुको पवित्र महिना रमादानको पावन अवसरमा कतारका अमिर मौसूफ शेख तमिम बिन हमाद अल थानीले कतारस्थित कारागारहरूमा विभिन्न कसुरमा सजाय पाई बन्दी जीवन काट्दै आएका बन्दिहरुलाई क्षमा दिएको हो ।
नेपाली राजदूतावास कतारद्वारा प्रकाशित सुचनाका आधारमा क्षमादान पाउनेहरुमा नेपालीहरुमा यौनजन्य क्रियाकलापमा संलग्न भएको आरोपमा ३, चोरीजन्य क्रियाकलापमा संलग्न भएको आरोप ११, मादकपदार्थ बिक्रि वितरण गरेको आरोपमा २ र आर्थिक हिनामिनामा ५ जना पक्राउ परि कसुरदार ठहरी सजाय भोगिरहेका जम्मा २१ जना नेपालीहरुले क्षमा दान पाउने भएका हुन !क्षमादान प्राप्त व्यक्तिहरुलाई सम्बन्धित निकायले जानकारी गराउने प्रक्रियामा रहेको बताएका छन् ।