Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आजदेखि भौतिकरुपमै एसईई हुदै

Author Avatar साझा न्यूज 22nd April 2022 , 6:35 AM
आजदेखि भौतिकरुपमै एसईई हुदै

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) दुई वर्षपछि आज (शुक्रबार) बाट भौतिक उपस्थितिमै हुँदैछ । कोभिड-१९ महामारीका कारण लगातार दुई वर्ष भौतिक रूपमा एसइई परीक्षा नहुँदा विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा राष्ट्रिय परीक्षा बोर्डले ग्रेडसिट जारी गरेकोमा यस वर्ष राष्ट्रियस्तरमै परीक्षा हुन लागेको हो ।

यस वर्ष मूल्यांकनको आधार समेत परिवर्तन भएको छ । विद्यार्थीको ग्रेडिङमा मूल्यांकनका लागि न्यूनतम ३५ अंक ल्याउनु पर्नेछ । यसअघि ३० अंक ल्याउनेको ग्रेड डी प्लस हुने र माथिल्लो कक्षामा अध्ययनका लागि अधिकांश विषयमा अवसर हुन्थ्यो । तर, यो वर्षदेखि ३५ अंकभन्दा कम आउनेको ग्रेडिङ नै नहुने व्यवस्था गरिएको छ । नयाँ व्यवस्थाअनुसार ३५ अंकलाई डी ग्रेड मानिएको छ ।

विद्यालयले आन्तरिक मूल्यांकन गर्दा अधिकांशले विद्यार्थीको सही मूल्यांकन नगरी क्षमताभन्दा बढी अंक दिएको समेत आरोप लागेको थियो । एउटै स्तरको प्रश्नपत्रका आधारमा परीक्षा सञ्चालन गर्दाभन्दा आन्तरिक मूल्यांकनमा उच्च ग्रेड ल्याउनेको संख्या निकै बढेको थियो । राष्ट्रिय परीक्षा बोर्ड, एसइईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले भौतिक रूपमा परीक्षा सञ्चालनको सबै तयारी भइरहेको बताए ।

सवा पाँच लाख विद्यार्थी
यस वर्षको एसइईमा देशभरबाट पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी हुँदैछन् । एसइईमा छात्राभन्दा छात्रको संख्या केही बढी छ । छात्र दुई लाख ५७ हजार ९२७ र छात्रा दुई लाख ५७ हजार ५३ छन् । परीक्षा नियन्त्रक रायमाझीका अनुसार देशभरमा दुई हजार सात परीक्षा केन्द्र छन् ।

विद्यार्थी र परीक्षा केन्द्रको संख्या बागमतीमा धेरै छ । विद्यार्थी काठमाडौं जिल्लामा सबैभन्दा बढी ३६ हजार ५१ र मनाङमा सबैभन्दा कम ६१ जना छन् । साधारणतर्फ ६१ र प्राविधिकतर्फ ४२ विषयमा परीक्षा सञ्चालन हुँदै छ । एसइई २० वैशाखमा सम्पन्न हुने तालिका छ ।

ग्रेडिङका लागि न्यूनतम ३५ अंक ल्याउनै पर्ने
विद्यालय तहमा न्यूनतम ३५ अंक नल्याउने विद्यार्थीको ग्रेडिङ नहुने भएको छ । शिक्षा मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहको मूल्यांकन पद्धति समान हुने गरी लेटर ग्रेडिङ निर्देशिका, २०७८ जारी गरी न्यूनतम ३५ अंकभन्दा कम ल्याउनेको ग्रेडिङ नगर्ने निणर्य लिएको हो । कक्षा १ देखि १२ सम्मको मूल्यांकन पद्धति एउटै बनाउन सो निणर्य गरिएको केन्द्रको भनाइ छ ।

यसअघि विद्यालय तहमा मूल्यांकनको पद्धति फरक-फरक थियो । पाठ्यक्रम विकास केन्द्रले तयार गरेको विद्यालय शिक्षामा अक्षरांकन पद्धति कार्यान्वयन कार्यविधि, २०७२ अनुसार एसइईमा एउटा र कक्षा ८ मा पालिकाअनुसार मूल्यांकनको आधार फरक थियो । अरू कक्षामा समेत एउटै व्यवस्था थिएन । यसअघि नौवटा ग्रेडिङ रहेकामा सातवटा ग्रेड र ‘ननग्रेडेड’ समेत राखिएको छ ।

पहिले ३० र त्योभन्दा माथि ४० भन्दा कमलाई डी प्लस राखिएको थियो । अहिले डी प्लस ग्रेड राखिएको छैन । ४० र सोभन्दा माथि ५० भन्दा कमलाई ‘सी’ र ३५ र सोभन्दा माथि ४० भन्दा कमलाई ‘डी’ ग्रेड उल्लेख गरिएको छ । यसपटक ई ग्रेडको व्यवस्था गरिएको छैन । ३५ भन्दा कम अंकलाई ‘अवर्गीकृत’को व्यवस्था गरिएको छ । प्रत्येक विषयको उत्तरपुस्तिकाको परीक्षण र सम्परीक्षण अंकमा गरिनेछ । परीक्षण र सम्परीक्षणबाट प्राप्त अंक (ग्रेडसिटमा सैद्धान्तिक र आन्तरिकको छुट्टाछुट्टै अंक)लाई अक्षर ग्रेडमा रूपान्तर गर्ने उल्लेख छ ।

कक्षा ८, १० र १२ मा सबै विषयमा न्यूनतम ग्रेड पूरा गरेपछि मात्र सम्बन्धित निकायले मूल प्रमाणपत्र उपलब्ध गराउनेछ । तर, विषयगत रूपमा आन्तरिकतर्फ सी र सैद्धान्तिकतर्फ डी ग्रेड प्राप्त गर्न नसक्ने विद्यार्थीका लागि मूल प्रमाणपत्र उपलब्ध नगराउने व्यवस्था छ । अन्य कक्षाको हकमा यो निर्देशिकाको प्रतिकूल नहुने गरी विद्यालयले नै गे्रडसिट र प्रमाणपत्र उपलब्ध गराउनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

सुस्ता गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा

सुस्ता गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा

नैतिकताको ‘दुहाइ’ दिँदै गृहमन्त्री गुरुङले दिए राजीनामा !

नैतिकताको ‘दुहाइ’ दिँदै गृहमन्त्री गुरुङले दिए राजीनामा !

भर्खरै प्रकाशित

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज