Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बुद्धभूमि नगरपालिका: कांग्रेसका श्रेष्ठ र एमालेका खनालबीच टक्कर

Author Avatar साझा न्यूज 2nd May 2022 , 6:10 PM
बुद्धभूमि नगरपालिका: कांग्रेसका श्रेष्ठ र एमालेका खनालबीच टक्कर

२०७४ सालको स्थानीय तहको निर्वाचनमा बुद्धभूमि नगरपालिकाका निवर्तमान मेयर केशव कुमार श्रेष्ठले झिनो अन्तरले एमालेका रुपेश श्रेष्ठलाई हराएका थिए।

जम्मा १ सय ३७ मतान्तरले जितेका श्रेष्ठ अहिले परि अधुरो काम पूरा गर्न भन्दै कांग्रेसबाट मेयरमा चुनावमा लडेका छन्। १० वडा मध्ये उपमेयरसहित बहुमत वडा सदस्यसहित ५ वर्ष मेयर चलाएका श्रेष्ठ यस पटक पनि आफूले चुनाव जित्ने दाबी गर्छन्। उता जनता माझ लोकप्रिय रहेको रुपेश श्रेष्ठ भने यस पटक एमालेबाट टिकट पाएनन्।

यस पटक एमालेबाट मेयरमा पिताम्बर खनालले टिकट पाएका छन्। नगरपालिकामा काम गर्दा श्रेष्ठले खनालसंग गहन छलफल गरेर काम गर्थे। दुबैलाई एक अर्काको आनीबानी, काम गर्ने तौर तरिका थाहा छ। ४ दशक भन्दा बढी समय पार्टीमा काम गरको पार्टीका सचिवालय सदस्य समेत रहेका खनालले यस पटक बुद्धभूमिमा एमाले मेयरको झन्डा गाड्ने बताउँछन्। कांग्रेस र एमाले दुबैतर्फ पाटीमा आन्तरिक द्वन्द्व र बिभिन्न वडाहरुमा बागी उम्मेदवार समेत उठेका छन्। जसले गर्दा बुद्धभूमि नगरपालिकामा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा हुने त्यहाँका मतदाता बताउँछन्।

यहाँ सत्ता साझेदार दलबीच गठबन्धन गरेर चुनाव लड्ने भन्दै धेरै पटक बैठक र छलफल भएपछि समझ्दारी नहुँदा गठबन्धन हुन सकेन। माओवादी केन्द्रले मागे अनुसारका पद कांग्रेसले दिन अस्विकार गरेपछि गठबन्धन हुन नसकेको हो। कांग्रेस र माओवादीबीच गठबन्धन भएको भए कांग्रेसको जीत सुनिश्चित जस्तै थियो।

तर अहिले कांंग्रेस माओवादी जनता समाजवादी पार्टी नेपाल, राप्रपा लगायत १४ जना मेयरमा उम्मेदवार बनेपछि त्यँहा कस्ले बाजी मार्ला भन्न नसकिने अवस्था छ। २०७४ सालमा माओवादीले त्यहाँ १५ सय ६३ र तत्कालीन मधेसी जन अधिकार फोरमले १७ सय ८२ मत ल्याएको थियो। यस पटक फेरि माओवादी केन्द्रबाट कमला भुसाल, जनता समाजवादी पार्टीबाट शिवलाल यादव समेत उम्मेदवार बनेर चुनावी अभियानलाई तीव्रता दिएका छन्।

बुद्धभूमि नगरपालिका वडा नम्बर २ निवासी तथा पत्रकार महासंघ कपिलवस्तुका सचिव जानु पाण्डेयले कांग्रेस एमालबीच बुद्धभूमि नगरपालिकामा कडा टक्कर रहेको छ। मेयरमा १४ जनाले उम्मेदवार दिएका छन्। कांग्रेस र एमाले दुबै दलमा आन्तरिकरुपमा विवाद रहेकोले कसले चुनाव जित्छ अहिले भन्न नसिकने अवस्था रहको उनले बताए। सांसद बृजेश कुमार गुप्ता एमालेमा प्रवेश गरे पछि धनकौली र महुवामा एमालेको मत बढेको पाण्डेय बताउँछन्। उत्तरका ईमिलिया, जयनगर, लगायतका गाउँ र वडामा एमाले बलियो छ। दक्षिणतर्फको मत आए एमालेले जित्छ। तर माओवादीको समते नगरपालिमा दुई हजारदेखि दुई हजार पाँच सयसम्म मत रहेको माओवादी नेताहरु बताउँछन्।

यस्तै जनता समाजबादी पार्टीको समेत १५ सयको हारहारीमा मत रहेको आँकलन गरिएको छ। कांग्रेसबाट पुनः दोहोरिएर उम्मेदवार बनेका श्रेष्ठ निर्वाचनमा रणनीति बनाउन माहिर रहेकोले पनि चुनाव श्रेष्ठले जित्ने सक्ने मतदाताहरु बताउँछन्। श्रेष्ठले आफ्नो ५ वर्ष कार्यकालमा नगरपालिकामा विकास निर्माणेको खाका तयार गरी भौतिक र सामाजिक विकासमा राम्रो काम गरलेले मतदाताहरुले उनलाई फेरि पनि मत दिन सक्ने देखिएको छ। २०७४ सालमा मधेसी जनअधिकार फोरमबाट लडेका तथा तत्कालीन धनकौली गाबिसका अध्यक्ष समेत रहेको केदार चौधरी अहिले कांग्रेसमा प्रवेश गरकोले केहि भए पनि कांग्रेसलाई फाइदा पुग्नेछ। एमाले र कांग्रेस दुबै पार्टीमा वडादेखि नगरसम्म बिद्रोही र बागी उम्मेदवार उठेकाले त्यसले पनि दुबै पार्टीलाई असर गर्ने मतदाताहरु बताउँछन्।

टिकट वितरणमा एक्लौटी गरको भन्दै कांग्रेसका दुई दर्जन बढीले दिए सामूहिक राजीनामा  

उता कांग्रेसका नेताहरुले टिकट वितरण्मा एकलौटी गरेको भन्दै कांग्रेस जिल्ला स्तरीय नेता अनिल घिमिरले पार्टी परित्याग गरेका छन्। उनले २०५६ साल आफूहरुले स्वतन्त्र उम्मेदवारलाई असहयोग गरी पार्टीको आधिकारिक उम्मेदवारलाई जिताउँदाको फल अहिलेसम्म भोग्न बाध्य भएको घिमिरेले बताए।

२०५९ सालमा आफ्नो बुवा बालकृष्ण घिमिरको माओवादीले कांग्रेस भएकै नाताले निर्मम हत्या गरेको उनले बताए। त्यसयता पनि आफूहरु निरन्तर पार्टीका सक्रिय भई लागे पनि पार्टीले मुल्यांकन नगरेको उनले गनुसो गरे। ‘नगरपालिकाको वडा नम्बर १ को वडा सदस्य पनि पार्टीको अगुवा नेताहरुले दिएनन, २०७४ सालमा पनि हामीलाई टिकटबाट बञ्चित गराइयो’ उनले भने। ‘पार्टीका अग्रज नेताहरुले हामीले पाटीमा गरको कुनै मुल्यांकन गरिएन।’

यस पटक पनि आफूहरुलाई कुनै स्थान नदिइएको उनले बताए। यहाँसम्म कि वडा सदस्यको समेत टिकट नदिइएको र एकलौटी ढंगले आफ्ना मान्छेलाई बारम्बार अवसर दिएको उनी बताउँछन्। आफूहरुले कांग्रेस परित्याग गरि बीपी कांग्रेसमा प्रवेश गरि चुनाव लडेको बताए। बीपी कांग्रेसबाट मेयरमा उम्मेदवारी दिएका घिमिरेले आफूहरुले आफ्नो आत्मसम्मान बचाउन उम्मेदवारी दिएको बताए।

कांग्रेस जिल्ला नेतृत्व प्रति असंतुष्टी व्यक्त गर्दै कांग्रेस नेतातहरु बिरेन्द्र मिश्रा पदम प्रसास खनाल लगायतले पनि घिमिरेको साथ दिएका छन्। बीपी कांग्रेसमा प्रवेश गरि मेयर उपमेयर बिभिन्न वडाहरुमा समेत उनीहरुले उम्मेदवारी दिएका छन्। उनीहरुको उम्मेदवारीले कांग्रेसलाई असर पर्ने मतदाताहरु बताउँछन्। त्यति मात्र होईन टिकट वितरण प्रति असंतुष्टी जनाउँदै नगरपालिका वडा नम्बर ८ मा जिल्ला समन्वय समितिका प्रमुख नारायण खनाललकी श्रमतीले समेत वडाध्यमा स्वतन्त्र उम्मेदवारी दिएकी छिन्। वडा नम्बर १, वडा नम्बर ४, वडा नम्बर १० मा समेत बागी उम्मेदवार बनेका छन्।

एमालेमा पनि तीब्र असंतुष्टी

गत निर्वाचनमा झिनो मतले हारेका रुपेश श्रेष्ठले यसपाली टिकट पाउन चर्चा चलेका थियो। तर उनले टिकट नपाई पिताम्बर खनालले टिक पाएपछि रुपेश श्रेष्ठ भित्रभित्रै रुष्ट बनेका छन्। यस्तै वडा नम्बर १० मा एमालेले कल्लु मुसलमानलाई टिकट दिए पछि शिवचरणले पार्टी छाडेका छन्। यस्तै वडा नम्बर ९ मा खेतुलाल पौडले बागी उम्मेदवार उठेका छन्।

अघिल्लो चुनावा वडा नम्बर १ मा थारै मतले हारेका गोबिन्द पन्थीले टिकट नपाएपछि बीपि कांग्रेसकाे साथ दिएका छन्। वडा नम्बर ८ मा एमालेबाट वडाध्यक्षमा उम्मेदवार बनेका ओमप्रकाश तीवारीको मृत्यु भएपछि त्यँहा अर्को उम्मेदवार उठाउने विषयमा बिवाद बढेको एमाले नेताहरु बताउँछन्। उता वडा नम्बर ५ मा रोम बहादुर थापाले वडाध्यक्षको टिकट पाएपछि खोप बहादुर थापाले पार्टी छाडेका छन्। कांग्रेस र एमाले दुबै पार्टीमा आन्तरिक किचलो र असंतुष्टी रहेकोले कसले मेयरमा बाजी मार्छ त्यो भने भन्न नसकिने अवस्था छ। नगरपालिकामा कांग्रेस र एमालेबीच कडा टक्कर हुने मतदाताहरु बताउँछन्।

उता कांग्रेसका मेयरका उम्मेदवार तथा पार्टीका क्षेत्र नम्बर २ का क्षेत्रीय अध्यक्ष श्रेष्ठले २०७४ सालको निर्वाचनमा पार्टीलाई ती समूहले असहयोग नै गरेको बताए। पार्टीको अनुशासनमा नबस्ने, पार्टीलाई असहयोग गर्ने गरेको र उनीहरु आँफै पार्टी छाडेर गएको उनले बताए। उनले आफूले मेरमा जितेर अधुरा कामहरु पूरा गर्ने बताए। उता एमाले नेता पिताम्बर खनालले पनि आफ्नो पार्टीमा कुनै असंतुष्टी नभएको दाबी गरे। झिना मसिना बाहेक आफ्नो पार्टीमा कुनै बिवाद नभएको र यस पटक एमालेले जित्ने दाबी गरे। उनले आफूले चुनाव जितेर नगरलाई फुसको छानोमुक्त बनाउने र तत्कालै अस्पताल निर्माणको कामअघि बढाउने बताए। ४५ हजार ३४१ मतदाता रहेको बुद्धभूमि नगरपालिकामामा १४ जना मेयरमा उम्मेदवारी दिएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज