कपिलबस्तु, बैशाख २७ । यशोधरा गाँउपालिकामा नेपाली कांग्रेसको तर्फबाट अध्यक्षका उम्मेदवार बनेका अनुप कुमार पाण्डेले आफु जिते पछि गाँउपालिका भित्र रहेका ६५ वर्ष माथिका सबै र विपन्न, दलित, एकल महिला र अपांगलाई निःशुल्क स्वास्थ्य विमाको व्यवस्था गर्ने बताउनु भएको छ ।
उहाँले शिक्षा, स्वास्थ्य र खानेपानीमा विशेष जोड दिने बताउनुभयो । साथै उहाँले घर दैलोको क्रममा गाँउपालिका भित्र देखिएका खरका छानालाई विस्थापित गर्ने बताउनुभयो
















































