कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाको मेयरमा राप्रपाका अजय थापा निर्वाचित भएका छन् ।
थापाले सात हजार ६०२ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महादेव पोखरेलले सात हजार १२८ मत पाए । त्यस्तै नेपाली कांग्रेसका हुमकान्त खनालले पाँच हजार ४७७, लोकतान्त्रिक समाजवादी पार्टीका रविदत्त मिश्रले चार हजार २४ मत पाए ।
उपमेयरमा नेकपा एमालेकी शिवकुमारी चौधरी निर्वाचित भएकी छन् । उनले सात हजार ९५५ मत पाएकी छन् भने दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी शारदा कार्कीले ६ हजार १८५ मत पाएकी छन् । राप्रपाकी विपाशा चौधरी पाँच हजार १५९ मत ल्याएर तेस्रो स्थानमा रहिन् ।