Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

एपेक बैठकमा रसियाको विरोध


एपेक बैठकमा रसियाको विरोध

एशिया-प्रशान्त आर्थिक सहयोग (एपेक) समूहका वाणिज्य मन्त्रीको शनिबार ब्याङ्ककमा भएको बैठकमा संयुक्त राज्य अमेरिका, क्यानडा र तीन अन्य राष्ट्रका प्रतिनिधिले युक्रेनमा जारी रुसी आक्रमणको विरोध गरेका छन् । बैठकको उद्घाटन सत्रमा रुसी प्रतिनिधिले सम्बोधन गर्न थालेपछि उनीहरू बैठककक्षबाट बाहिरिए ।

एकजना जापानी अधिकारीलाई उद्धृत गर्दै एपीले जनाएअनुसार जापानका वाणिज्यमन्त्री कोइची हागिउडाका साथ अमेरिका, क्यानडा, अष्ट्रेलिया र न्युजिल्याण्डका वाणिज्यमन्त्री युक्रेनमा रुसको आक्रमणको विरोध गर्न बैठकबाट बाहिर निस्केका थिए । युक्रेनमा जारी रुसी आक्रमणबाट कोभिड-१९ को महामारीले तहसनहस बनाएको अर्थतन्त्रमा थप प्रभाव परेको तथा आर्थिक सुधारका गतिविधिलाई सुस्त बनाउनका साथै मानव जीवन नराम्ररी प्रभावित बनाएकाले विरोधस्वरुप आफूहरूले रुसी समकक्षीको उद्घाटन सम्बोधन बहिष्कार गरेको न्युजिल्याण्डका वाणिज्यमन्त्रीको कार्यालयले जनाएको छ ।

क्यानडाका अन्तरराष्ट्रिय व्यापारमन्त्री मेरी एनजीले आफ्नो देशले युक्रेनमा गरिएको भीषण आक्रमणका लागि रुसलाई जवाफदेही बनाउन धेरै कारबाही गरिसकेको तथा राष्ट्रपति भ्लादिमिर पुटिन र उनलाई उकास्नेविरुद्ध कडा प्रतिबन्ध समावेश गरिएका बताउँदै सबैले दबाब जारी राख्नुपर्नेमा जोड दिए । रुसी वाणिज्यमन्त्री रेशेत्निकोभले मन्तव्य पूरा गरेपछि उनीहरू सबैजना बैठकमा पुनः सहभागी भएका थिए । अमेरिकासहितका वाणिज्यमन्त्रीको बैठक बहिष्कार योजनाबद्ध भएको बैठकमा सहभागी एक पर्यवेक्षकले बताएका छन् ।

पश्चिमी राष्ट्रहरूले युक्रेनमाथिको आक्रमणको विरोध गर्दै रूसमाथि कडा कूटनीतिक एवम् आर्थिक प्रतिबन्ध लगाएका छन्भने धेरै एपेक सदस्य राष्ट्रहरू तथा विशेष गरी दक्षिणपूर्वी एसिया र ल्याटिन अमेरिकी देशले त्यस्ता कदमबाट आफूलाई टाढा राखेका छन् । युक्रेनको युद्धले व्यापारिक समस्या बढाएको छ भने त्यसले खाद्य क्षेत्रमा आपूर्ति शृङ्खला अवरुद्ध गरेको पारेको छ । सन् १९८९ मा सदस्य राष्ट्रहरूबीच आर्थिक एकीकरण र व्यापार प्रवर्द्धन गर्दै आर्थिक वृद्धिलाई बढावा दिन एपेक स्थापना गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

भैरहवामा सिद्धार्थ सडक खाना महोत्सव हुँदै

भैरहवामा सिद्धार्थ सडक खाना महोत्सव हुँदै

बालविवाहविरुद्ध धामीझाँक्री

बालविवाहविरुद्ध धामीझाँक्री

लुमडी आचार्यको ‘विचरण र अनुभूति’ सार्वजनिक

लुमडी आचार्यको ‘विचरण र अनुभूति’ सार्वजनिक

राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद् हो : नेता पन्त

राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद् हो : नेता पन्त

नेप्से परिसूचकमा २६.८५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २६.८५ अङ्कको गिरावट

गरगहना सफा गर्ने भन्दै ठगी गर्ने तीन जना पक्राउ

गरगहना सफा गर्ने भन्दै ठगी गर्ने तीन जना पक्राउ

भर्खरै प्रकाशित

भैरहवामा सिद्धार्थ सडक खाना महोत्सव हुँदै

भैरहवामा सिद्धार्थ सडक खाना महोत्सव हुँदै

बालविवाहविरुद्ध धामीझाँक्री

बालविवाहविरुद्ध धामीझाँक्री

लुमडी आचार्यको ‘विचरण र अनुभूति’ सार्वजनिक

लुमडी आचार्यको ‘विचरण र अनुभूति’ सार्वजनिक

राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद् हो : नेता पन्त

राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद् हो : नेता पन्त

नेप्से परिसूचकमा २६.८५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २६.८५ अङ्कको गिरावट

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि