Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अल्लाहको प्रार्थना र स्वस्ती वाचन गरेर पदभार ग्रहण

Author Avatar साझा न्यूज 23rd May 2022 , 2:58 PM
अल्लाहको प्रार्थना र स्वस्ती वाचन गरेर पदभार ग्रहण

कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाँउपालिकाका अध्यक्ष र उपाध्यक्षले मुस्लिम धर्मगुरुबाट मुस्लिम परम्परा अनुसारको दुवा ९अल्लाहको प्रार्थना० र हिन्दु पुरोहितबाट स्वस्ती वाचन गराई पदभार ग्रहण गरेका छन् ।

वडा नम्बर १ पकडीस्थित गाउँपालिकाको कार्यालयमा नवनिर्वाचित अध्यक्ष वलिउद्दिन मुसलमान र उपाध्यक्ष सरस्वती यादवले पदभार ग्रहण गरे । अध्यक्ष मुसलमानले कुर्सीमा बस्नुपूर्व मायादेवी गाउँपालिका वडा नम्बर २ अभिरावका मौलाना मोहम्मद तारिखले दुवा गरे भने मायादेवी १ का पुरोहित जनार्दन मिश्राले स्वस्ती वाचन गरे । त्यसैगरी उपाध्यक्ष सरस्वती यादवले पनि अध्यक्ष मुसलमानले जस्तै मौलानाबाट दुवा र पुरोहितबाट स्वस्ती वाचन गराएर पदभार ग्रहण गरिन् ।

‘अध्यक्षसहित गाउँपालिकाका प्रतिनिधिबीच आपसी मित्रता बढोस्, जनताको काम गर्न तत्परता मिलोस र गाउँपालिकाको विकास होस् भनी दुवा दिएको छु’ मौलाना मोहम्मद तारिखले भने ।

हिन्दू पुरोहित मिश्राले पदभार ग्रहणका क्रममा अध्यक्ष र उपाध्यक्षले सामाजिक सदभावको नमुना प्रस्तुत गरेको बताए ।

पदभार पछिको कार्यपालिकाको पहिलो बैठकले तीनवटा निर्णय गरेको अध्यक्ष वलिउद्धिन मुसलमानले जानकारी दिए ।

शिशु र गर्भवतीको सुरक्षालाई ध्यानमा राखी प्रत्येक वडामा एम्बुलेन्स सञ्चालन गर्ने, बालविकास शिक्षा प्रवर्द्धन गर्ने र फुसको छानामुक्त गाउँपालिका बनाउने निर्णय गरेको उनले जानकारी दिए ।

मायादेवी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा निर्वाचित वलिउद्दिन मुसलमान र सरस्वती यादव नेपाली कांग्रेस पार्टीबाट उम्मेदवार बनेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

भर्खरै प्रकाशित

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज