Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

लुम्बिनीका चार हजार पदको नतिजा : कांग्रेस पहिलो हुँदा एमाले र माओवादीको अवस्था के ?


६८२ पालिकाको मत परिणाम : कांग्रेस ३०३, एमाले १८५ र माओवादी ११७ मा विजयी

बुटवल । स्थानीय तहको निर्वाचनमा लुम्बिनी प्रदेशका १०९ पालिकाबाट चार हजार ९३६ जनाको नतिजा आएको छ । निर्वाचन आयोगका अनुसार हालसम्मको नतिजामा नेपाली कांग्रेस अग्रस्थानमा रहँदै करिब १९ सय पदमा विजयी हासिल गरेको छ भने नेकपा (एमाले)ले १६ सय पद जितेको छ । नेकपा (माओवादी केन्द्र) ८ सय पदमा विजयी भएको छ ।

स्थानीय तह निर्वाचनमा लुम्बिनी प्रदेशबाट नगर प्रमुख ३२, गाउँपालिका अध्यक्ष ७१, नगर उपप्रमुख ३२, गाउँपालिका उपाध्यक्ष ७२, वडाअध्यक्ष ९४६, महिला सदस्य ९४६, दलित महिला सदस्य ९४६, खुला सदस्य १८ सय ९२ गरी चार हजार ९३६ जना निर्वाचित भएको तथ्यांक आयोगले सार्वजनिक गरेको छ ।

आयोगका अनुसार नेपाली कांग्रेसले प्रमुख १८, अध्यक्ष २७, उपप्रमुख ११, उपाध्यक्ष ३२, वडाअध्यक्ष ३५९, महिला सदस्य ३५५, दलित महिला सदस्य ३६६ र खुला सदस्य ७२८ जितेको छ । यो दलका सबै पद जोड्दा १ हजार ८९६ स्थानमा जित हासिल गरेको छ ।

एमालेले प्रमुख आठ, अध्यक्ष १७, उपप्रमुख १३, उपाध्यक्ष २३, वडाअध्यक्ष ३००, महिला सदस्य ३१९, दलित महिला सदस्य ३०९ र खुला सदस्य ६२७ जितेको छ । सो दलले सबै पद जोड्दा १ हजार ६१६ जितेको छ ।

माओवादी केन्द्रले प्रमुख तीन, अध्यक्ष २२, उपप्रमुख चार, उपाध्यक्ष ११, वडाअध्यक्ष १६९, महिला सदस्य १६०, दलित महिला सदस्य १५७ र खुला सदस्य ३०२ जितेको छ । सो दलको सबै पद जोड्दा ८२८ जित हासिल गरेको छ ।

लुम्बिनीमा जनता समाजवादी पार्टी (जसपा)ले प्रमुख एक, अध्यक्ष दुई, उपप्रमुख दुई, उपाध्यक्ष एक, वडाअध्यक्ष ४२, महिला सदस्य ३९, दलित महिला सदस्य ३६ र खुला सदस्य ७२ जितेको छ । सो दलको सबै पद जोड्दा १९५ पदमा जित हासिल गरेको छ ।

राप्रपाले प्रमुख एक, उपप्रमुख एक, उपाध्यक्ष एक, वडाअध्यक्ष २१, महिला सदस्य १८, दलित महिला सदस्य २१ र खुला सदस्य ४५ जितेको छ । सो दलको सबै पद जोड्दा १०८ पदमा जित पारेको छ ।

राष्ट्रिय जनमोर्चाले प्रमुख एक, अध्यक्ष एक, उपप्रमुख एक, उपाध्यक्ष एक, वडाअध्यक्ष १६, महिला सदस्य १९, दलित महिला सदस्य २१ र खुला सदस्य ४० जितेको छ । सो दलको सबै पद जोड्दा १०० पदमा जित हासिल गरेको छ ।

लोसपा नेपालले अध्यक्ष दुई, उपाध्यक्ष दुई, वडाअध्यक्ष १३, महिला सदस्य १७, दलित महिला सदस्य १६ र खुला सदस्य ३४ जितेको छ । सो दलको सबै पद जोड्दा ८२ जित हासिल गरेको छ ।

जनमत पार्टीले वडाअध्यक्ष पाँच, महिला सदस्य सात, दलित महिला सदस्य पाँच र खुला सदस्य १४ जितेको छ । सो दलको सबै पद जोड्दा ३१ जित हासिल गरेको छ ।

जनता प्रगतिशील पार्टी नेपालबाट अध्यक्ष एक, उपाध्यक्ष एक, वडाअध्यक्ष तीन, महिला सदस्य दुई, दलित महिला सदस्य चार र खुला सदस्य ६ जना विजयी भएका छन् । सो दलको सबै पद जोड्दा १७ छ ।

नेकपा (एकीकृत समाजवादी)ले वडाअध्यक्ष चार, महिला सदस्य तीन, दलित महिला सदस्य दुई र खुला सदस्य सात जितेको छ । सो दलको सवै पद जोड्दा १६ जित हासिल गरेको छ ।

बहुजन शक्ति पार्टीले वडाअध्यक्ष एक, महिला सदस्य एक, दलित महिला सदस्य एक र खुला सदस्य दुई जितेको छ । सो दलको सबै पद जोड्दा पाँच जित हासिल गरेको छ ।

नेपाल जनता पार्टीले वडाअध्यक्ष एक, महिला सदस्य एक, दलित महिला सदस्य एक र खुला सदस्य दुई जितेको छ । सो दलको सवै पद जोडदा पाँच जित हासिल गरेको छ ।

राष्ट्रिय जनमुक्ति पार्टीले एकजना खुला सदस्य जितेको छ । यस्तै, यो प्रदेशमा स्वतन्त्रबाट वडाअध्यक्ष १२, महिला सदस्य पाँच, दलित महिला सदस्य सात र खुला सदस्य १२ गरी कुल ३६ स्थानमा निर्वाचित भएका छन् ।

लुम्बिनी प्रदेशमा हालसम्म १०३ वटा स्थानीय तहको नतिजा आएको छ भने बाँकी ६ स्थानको नतिजा आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नदीमा अडकिएको शवको पहिचान

नदीमा अडकिएको शवको पहिचान

घट्दै छ कालीकोटमा बालबिवाह

घट्दै छ कालीकोटमा बालबिवाह

फिल्म ‘नाङ्गो गाउँ’को छायांकन सुरु

फिल्म ‘नाङ्गो गाउँ’को छायांकन सुरु

कलाकारमाथि साइबर आक्रमण बढयाे : भुवन केसी

कलाकारमाथि साइबर आक्रमण बढयाे : भुवन केसी

एकदुई दिनभित्र सरकारले पूर्णता पाउँछ : सञ्चारमन्त्री शर्मा

एकदुई दिनभित्र सरकारले पूर्णता पाउँछ : सञ्चारमन्त्री शर्मा

‘स्थिरताले मात्र मुलुकको समृद्धि सम्भव छ’

‘स्थिरताले मात्र मुलुकको समृद्धि सम्भव छ’

भर्खरै प्रकाशित

चैते दशैको अवसरमा त्रिपुरासुन्दरीमा मेला

चैते दशैको अवसरमा त्रिपुरासुन्दरीमा मेला

भेरी अस्पतालमा एमडी र एमएसको पढाई गर्ने अनुमति प्राप्त

भेरी अस्पतालमा एमडी र एमएसको पढाई गर्ने अनुमति प्राप्त

रामनवमीको अवसरमा मधेश प्रदेशमा सार्वजनिक बिदा

रामनवमीको अवसरमा मधेश प्रदेशमा सार्वजनिक बिदा

नदीमा अडकिएको शवको पहिचान

नदीमा अडकिएको शवको पहिचान

बलात्कार गरेको अभियोगमा भारतीय नागरिक पक्राउ

बलात्कार गरेको अभियोगमा भारतीय नागरिक पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि