पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको छ । विमान सम्पर्कमा नआएको पोखरा विमानस्थलले जनाएको छ ।
गन्तव्यमा सो जहाज १७ मिनेटमै पुग्नुपर्नेमा डेढ घण्टासम्म सम्पर्कमा नआएपछि अहिले खोजी सुरु भएको छ ।
उक्त जहाज म्याग्दी कटेर धवलागिरीतर्फ मोडिएको म्याग्दीका प्रत्यक्षदर्शीहरुलाई उद्धृत गर्दै जनाइएको छ । त्यसपछि सम्पर्कविहीन भएकोले मुस्ताङ क्षेत्रमै दुर्घटना भएको अनुमान गरिएको छ ।
जहाजमा १९ जना यात्रु र तीन पाइलट गरी जम्मा २२ जना सवार रहेको बताइएको छ । (थप विवरण आउन बाँकी)