साझा न्यूज । तौलिहवा
शाइनरेसुङ्गा विकास बैंक तौलिहवा शाखाद्वारा ग्रामिण क्षेत्रमा विभिन्न किसिमका कार्यक्रमबारे जानकारी गराउदै आएको छ ।
सोही क्रममा तौलिहवा बजार लगायतका ग्रामिण क्षेत्रमा बैंकिङ परामर्श गर्नुका साथै रेमिटेन्सबारे पनि जानकारी गराएको शाखा प्रबन्धक अविनाश शुक्लाले बताए ।
बैंकलाई सबैको र सहज बनाउन समय सापेक्ष प्रविधिमैत्रीका साथै सहज र सरल तवरले सेवा प्रदान गर्ने हाम्रो योजना अनुसार ग्रामिण क्षेत्रमा विशेष जोड दिएको उहाँले बताउनुभयो ।
तौलिहवा शाखाले वित्तिय साक्षरता तथा घरदैलो कार्यक्रमलाई पनि तिब्रता दिएको छ ।
















































