Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

खेतीका बेला युरिया मल अभाव

Author Avatar साझा न्यूज 30th May 2022 , 6:42 AM
खेतीका बेला युरिया मल अभाव

दाङ । दाङ घोराही- ७ का किसान बाबुराम चौधरीले धानको बीउ राख्न खेत जोतेर तयार पारेका छन् । दशकट्ठा खेतलाई चाहिने बीउ किनेर ल्याए पनि रासायनिक मल नपाइएका कारण उनले अझैसम्म बीउ राख्न सकेका छैनन् । ‘धान खेतीका लागि युरिया मल आवश्यक पर्दछ तर बजारमा मल पाइएको छैन कसरी बीउ राख्ने ?’ उनको भनाइ थियो ।

घोराही-९का किसान खुसीराम चौधरीले १८ कट्ठा जमिनमा धान खेती गर्छन् । उनले पनि बीउ किनिसकेका छन् तर मल नपाइएका कारण बीउ राख्न नसकिएको बताए । रासायनिक मल नहाले बाली सप्रदैन । समयमा रासायनिक मल पाइयो भने खेती समयमा गर्न सकिने किसान चौधरीको भनाइ थियो । रासायसनिक मल राखेर गरेको खेती राम्रो हुने र धेरै अनाज फल्ने भएका कारण किसानले बीउ राख्दा नै मल पनि प्रयोग गर्दछन् ।

धान र मकै खेतीका लागि रासायनिक मल आवश्यक पर्ने र समयमा मल नपाउँदा किसान चिन्तित भएका हुन् । डिएपी र पोटास मल केही मात्रमा भए पनि युरिया मल नभएका कारण किसानलाई खेती गर्न समस्या भएको छ । दाङमा युरिया मलको अभाव छ । जिल्लामा ४०७ मेट्रिक टन डिएपी मल मात्रै स्टक रहेको र युरिया मल आउँदै नआएको सहकारी संस्थाले जनाएका छन् । कृषि सामग्री कम्पनी लिमिटेड लमही शाखामा एक साता अघि २५ टन मात्रै डिएपी मल आएको शाखा प्रमुख घनश्याम कहारले बताए ।

लमही क्षेत्रका लागि एक हजार मेट्रिक टन युरिया र सात सय मेट्रिक टन डिएपी आवश्यक पर्छ तर संस्थामा मल छैन । ‘मलको आवश्यकता धेरै भएकाले वितरणमा समस्या परेको छ’, उनले भने । ‘समयमा मल आयो भने वितरण गर्न सजिलो हुन्छ । खेतीपातीको समय सुरु भइसक्यो किसानलाई आवश्यकता परेको समयमा मल दिन नसक्दा नराम्रो लाग्छ ।’

घोराहीमा २३२ मेट्रिक टन डिएपी मल स्टक छ । डिएपी एक दुई दिनमा वितरण गरिनेछ । धान खेतीका लागि घोराही क्षेत्रका लागि एक हजार दुई सय मेट्रिक टन युरिया र आठ सय मेट्रिक टन डिएपी आवश्यक पर्ने हो तर आवश्यकता पूरा गर्ने मल कृषि सामग्री कम्पनीसँग नभएको कम्पनीका घोराही शाखा प्रमुख टोपाराम गौतमले जानकारी दिए ।

जिल्लाका तीन स्थानबाट अनुदानको रासायनिक मल सहकारी संस्थामार्फत वितरण गर्ने गरिएको उनले जानकारी दिए । घोराहीमा आउने रासायनिक मल रोल्पा, रुकुम पश्चिम र तुलसीपुरमा आएको मल सल्यानसम्म वितरण गर्नुपर्ने जिम्मेवारी रहेको प्रमुख गौतमको भनाइ थियो । तुलसीपुर क्षेत्रमा दुई महिनाका लागि एक हजार ६०० मेट्रिक टन युरिया र एक हजार टन डिएपी आवश्यक पर्ने भए पनि अहिले मल नभएको उक्त लिमिटेडका तुलसीपुर शाखा प्रमुख तीर्थराज न्यौपानेले बताए । तुलसीपुरमा करिब १५० मेट्रिक टन डिएपी स्टक भए पनि यो पर्याप्त छैन ।

कृषि ज्ञान केन्द्र कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा खेतीयोग्य कूल २९ लाख पाँच हजार ५०० हेक्टर जमिनमध्ये खेतीयोग्य जमिन ६९ हजार ९५० हेक्टर रहे पनि ६५ हजार ९८० हेक्टर जमिनमा मात्र खेती गरिएको छ । दाङमा बाह्रैमहिना सिँचाइ हुने क्षेत्र १९ हजार ६५१ हेक्टर जमिन रहेको केन्द्रका कृषि प्रसार अधिकृत रुद्रमणि पौडेलले जानकारी दिए । मौसमी सिँचाइ हुने क्षेत्र तीन लाख नौ हजार २११ हेक्टर रहेको छ ।यसवर्ष समयमा पानी पर्ने सङ्केत देखिएकाले उक्त जमिनमा बाली उब्जनी हुने र जमिन बाझै नरहने नहुने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

भर्खरै प्रकाशित

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज