Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

निजामती कर्मचारी संगठनले लुम्बिनी सरकारलाई दियो २२ बुँदे सुझाव

Author Avatar साझा न्यूज 2nd June 2022 , 2:40 PM
निजामती कर्मचारी संगठनले लुम्बिनी सरकारलाई दियो २२ बुँदे सुझाव

रुपन्देही । आगामी आर्थिक वर्ष २०७९र८० को बजेटका लागि नेपाल निजामती कर्मचारी संगठन लुम्बिनीले प्रदेश सरकारलाई विभिन्न २२ बुँदे सुझाव दिएको छ । प्रदेश सरकारले तय गरेका लक्ष्य पूरा गर्न र प्रदेशमा कार्यरत कर्मचारीहरुलाई उत्प्रेरित गर्न भन्दै संगठनले प्रदेश सरकारलाई सुझाव दिएको हो । प्रदेशको आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्का र प्रमुख सचिवमार्फत संगठनले विभिन्न मागसहितको सुझाव प्रस्तुत गरेको संगठनका रुपन्देही अध्यक्ष प्रेमप्रसाद खनालले जानकारी दिए ।

संगठनले प्रदेश निजामतीसम्बन्धी कानुन तत्काल निर्माण गर्न, कर्मचारी व्यवस्थापनसम्बन्धी कार्यविधि २०७७ लाई परिमार्जन गरी व्यवस्थित र चक्रीय सरुवा प्रणाली लागू गर्न र सरुवा आतंक बन्द गर्न माग गरेको छ ।

त्यसैगरी प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउन प्रदेश निजामती सेवा र स्थानीय तहको सेवाका तोकिएका पदहरुमा तत्काल प्रदेश लोकसेवा आयोगबाट भर्ना प्रक्रिया थाल्न, प्रदेश तथा स्थानीय तहका कर्मचारीहरुको सरोकार राख्ने विषयहरुमा आधिकारिक ट्रेड युनियनको प्रतिनिधित्वलाई सुनिश्चित गर्न पनि संगठनले माग गरेको छ ।

वैज्ञानिक र व्यवस्थित संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न माग गर्दै संगठनले यसको लागि प्रदेशस्तरीय उच्चस्तरीय प्रशासन सुधार आयोगको गठन गरी उक्त आयोगले दिएका सुझावहरु अक्षरशः कार्यान्वयन गर्न पनि निजामती कर्मचारी संगठनले माग गरेको छ ।

त्यस्तै कर्मचारीलाई पद र तहअनुसार काम दिने कार्यको थालनी गर्न, एउटै पदलाई दुइटा तह कायम हुने गरी कार्यविभाजन गरिएकोमा सोको व्यवस्थापन गरी पदीय जिम्मेवारीअनुसार कार्यविभाजन गर्न यथाशक्य छिटो प्रदेश निजामती किताबखाना स्थापना गर्न संगठनले सुझाव दिएको छ ।

सरकारी कार्यालयबाट प्रदान हुने सेवालाई प्रविधिमैत्री र सफ्टवेयरमैत्री बनाइनुपर्ने, कार्यचाप तथा सेवाग्राही बढी हुने कार्यालयहरुलाई प्रविधिमैत्री बनाइनुपर्ने र त्यहाँ कार्यरत कर्मचारीलाई प्रोत्साहन भत्ताको व्यवस्था गर्नुपर्ने, तत्काल कर्मचारीहरुको आवास, निजामती विद्यालय तथा निजामती अस्पताल निर्माण गर्नुपर्ने, निजामती कर्मचारीहरुको १० लाखको सामूहिक दुर्घटना बीमा र एक लाखको स्वास्थ्य बीमाको लागि प्रिमियम रकम प्रदेश सरकारले व्यहोर्ने उल्लेख भए पनि हालसम्म यो विषय कार्यान्वयन नभएको भन्दै संगठनले प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज