जिल्ला समन्वय समिति (जिसस) कपिलवस्तुको निर्वाचनमा प्रमुखका उम्मेदवारले बराबर मत प्राप्त गरेपछि गोला प्रथाबाट नेकपा एमालेका बाबुराम आचार्य निर्वाचित भएका छन् । यसअघि भएको मतदानमा दुबै उम्मेदवारले १०/१० मत प्राप्त गरे गोला प्रथाबाट नेतृत्व चयन गरिएको हो ।
जिसस कपिलवस्तुको निर्वाचनमा कांग्रेसले जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा (माओवादी केन्द्र)लाई साथमा लिएको थियो भने एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच चुनावी तालमेल गरेको थियो ।
















































