आरपी उपाध्याय
शिक्षा विकास तथा समन्वय ईकाई पुर्वी नवलपरासीको आयोजनामा पाठ्यक्रम प्रबोधिकरण जिल्ला स्तरिय प्रशिक्षक प्रशिक्षण कार्यक्रम शिव मावी कावासोतीमा सम्पन्न भएको छ । नया शैक्षिक सत्र प्रारम्भ भएलगत्तै जिल्ला अन्र्तगतका कक्षा ४, ७ र ९ का पाठ्यक्रम प्रबोधिकरण कार्यक्रममा ३२ जना शिक्षकहरुलाई प्रशिक्षण दिइएको शिक्षा विकास समन्वय ईकाइका प्राविधिक तिलक खड्काले जानकारी दिनुभएको छ ।
शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख कृष्ण चन्द्र पोखरेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा ईकाई प्रमुख पोखरेलले अबको शिक्षा नतिजामुखी हुनुपर्ने धारणा राख्दै कक्षा कोठा भित्रको ज्ञान शिक्षकमा बढी हुने भएकोले शिक्षक प्रशिक्षण कार्यक्रममा शिक्षकको सहभागिता फलदायी हुने धारणा राख्नुभयो । कार्यक्रममा एक पालिका बाट ४ जना शिक्षकका दरले ८ वटा पालिकाबाट ३२ जना शिक्षक छनौट गरिएको ईकाई कार्यालय कावासोतीले जानकारी दिएको छ । प्रबोधिकरण प्रशिक्षण कार्यक्रम जिल्ला भरिनै चरणबद्ध रुपमा सन्चालन गर्ने पनि बताइएको छ।