Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

दुर्घटना बढेको भन्दै डिभाइडर र सोलार पोल हटाउन निर्देशन


दुर्घटना बढेको भन्दै डिभाइडर र सोलार पोल हटाउन निर्देशन

दुर्घटना बढेको भन्दै कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले तौलिहवाको गौढी चोकदेखि भवानी भिक्षु चोकसम्म रहेको डिभाइडर र सोलार बत्तीको पोल हटाउन निर्देशन दिएका छन्।

गत असार ५ गते गौढी चोकमा बाटो साँघुरो हुँदा टिप्परको ठक्करबाट भिक्षु चोकका एक जना साइकलयात्रीको मृत्यु भएको थियो। सो घटनालगत्तै स्थानीयवासी आक्रोशित बनेपछि मेयर पौडेल, प्रजिअ धर्मेन्द्र मिश्रा, प्रहरी उपरीक्षक दानबहादुर कार्की सडक पूर्वाधार कार्यालय शिवपुरका प्रमुख बिष्णु लामासहितको टोलीले सोमबार स्थलगत अनुगमन गरेको थियो। सोही क्रममा मेयर पौडेलले बाटोको बीचमा रहेको डिभाइडर र सोलार बत्ती हटाउन निर्देशन दिएका थिए।

सो अवसरमा मेयर पौडेलले बाटो साँघुरो भएकाले बीचमा रहेको डिभाइडर र सोलार बत्तीको पोलले गर्दा दुर्घटना बढेकाले आफूले हटाउन निर्देशन दिएको बताए। अहिले सो बाटोमा नाला निर्माणको क्रमा रहेको र ठाउँ-ठाउँमा खनिएकाले बाटो निकै साँघुरो छ।

बाटोको दायाँ बायाँ १५/१५ मिटर कायम गरिए पनि नाला निर्माण गर्दा खनिएकाले बाटोमा हिँड्न यात्रुहरुलाई निकै गाह्रो पर्ने गरेको छ। त्यही साँघुरो बाटोमा पनि बीच बस रोक्ने गरिएको, पसल ठेला र सरसामानहरु राखिएकाले दुर्घटना बढेको स्थानीयवासी बताउँछन्। सो अवसरमा प्रजिअ मिश्राले बाटो क्षेत्रमा राखिएको सरसामान तथा ठेलाहरु सबै हटाउन निर्देशन दिए। ‘बाटोको क्षेत्रमा पर्ने ठाउँमा सरसामान राखिएको छ त्यसलाई तत्कालै हटाउन पर्छ,’ उनले भने।

मेयर पौडेल र प्रजिअ मिश्राको निर्देशनपछि डिभाइडर र सोलार बत्ती पोल हटाउन सुरु गरिएको छ। बाटोमा रहेका सरसामान समेत हटाउने कार्य थालनी गर्ने नगरपालिका मेयर पौडेलले बताए। डिभाइडर सडक कार्यालयले १० वर्षअघि र सोलार बत्ती नगरपालिकाले जडान गरेको थियो। साथै निर्माणकाे काम चाँडै सक्न समेत सडक तथा पूर्वाधार कार्यालय र ठेकेदार कम्पनीलाई मेयर पौडेल र प्रजिअ मिश्राले निर्देशन दिएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

निर्वाचन कार्यालय खारेज नगर्न सत्तारूढसहित १२ दल एकमत

निर्वाचन कार्यालय खारेज नगर्न सत्तारूढसहित १२ दल एकमत

पहाडी क्षेत्र र काठमाडौं उपत्यकामा चर्को महँगी

पहाडी क्षेत्र र काठमाडौं उपत्यकामा चर्को महँगी

राप्रपा केन्द्रीय कार्यसमितिको बैठक बस्दै

राप्रपा केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौंमा थप ६२ जनामा दादुरासँग मिल्दाजुल्दा लक्षण

काठमाडौंमा थप ६२ जनामा दादुरासँग मिल्दाजुल्दा लक्षण

सुरु भयो चीन–काठमाडौँ दैनिक उडान

सुरु भयो चीन–काठमाडौँ दैनिक उडान

खडेरीले बीउ सुक्यो, रोपाइँँ प्रभावित

खडेरीले बीउ सुक्यो, रोपाइँँ प्रभावित

भर्खरै प्रकाशित

निर्वाचन कार्यालय खारेज नगर्न सत्तारूढसहित १२ दल एकमत

निर्वाचन कार्यालय खारेज नगर्न सत्तारूढसहित १२ दल एकमत

पहाडी क्षेत्र र काठमाडौं उपत्यकामा चर्को महँगी

पहाडी क्षेत्र र काठमाडौं उपत्यकामा चर्को महँगी

राप्रपा केन्द्रीय कार्यसमितिको बैठक बस्दै

राप्रपा केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौंमा थप ६२ जनामा दादुरासँग मिल्दाजुल्दा लक्षण

काठमाडौंमा थप ६२ जनामा दादुरासँग मिल्दाजुल्दा लक्षण

सुरु भयो चीन–काठमाडौँ दैनिक उडान

सुरु भयो चीन–काठमाडौँ दैनिक उडान

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि