पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको ११ औँ गाउँसभा तथा आर्थिक वर्ष २०७९, ८० को निति तथा कार्यक्रम गाउँपालिकाको सभाहल कुडियामा सर्वजानिक भएको छ । सुस्ता गाउँपालिकाको अध्यक्ष टेकनारायण उपाध्यायको अध्यक्षतामा गाउँ सभा तथा निति कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा अध्यक्ष उपाध्यायले समुद्ध सुस्ता गाउँपालिका, खुसि सुस्ता बासी हाम्रो प्रतिबद्धता भन्ने मुल नारालाई सार्थक बनाउन रोजगारी सिर्जना गर्न र गरिबि न्युनिकरण गरी कुषि उत्पादन बृद्धि गर्न निति तथा कार्यक्रमको मुल मर्म रहेको बताउँदै नमुना ब्यवसायिक खेतिको रmपमा एक गाउँ एक उत्पादन कार्यको थालनि गर्ने बताउनु भयो । उहाँले आगामि आर्थिक वर्षका छोरि सुनौलो भविष्य योजनालाई प्रभावकारी रुपमा ल्याइने पनि जानकारी दिनुभयो । सुस्ता गाउपालिका अध्यक्ष उपाध्यायले शिक्षा स्वास्थ्य, कृषि, र खानेपानि जनता संग प्रत्यक्ष सरोकार राख्ने पुर्वधार भएकाले यसलाई प्रभावकारी रmपमा लागु गरिने बताउदै वडा कार्य समिति र सामुदायको सहभागितामा सार्वजनिक जमिन सरंक्षण गरिने तथा गाउपालिकाको काम कार्यवाहि र निर्णयको नियमित प्रकाशन गरि नागरिकको सुचनाको हक सुनिस्चित गर्ने निति लिइनुका साथै गाउँपालिका लाई बेरुजु भष्टचार शुन्य सहनशलिताको निरन्तरता दिइने पनि निति तथा कार्यक्रमको लक्ष्य रहेको जानकारी गराउनु भयो । कार्यक्रममा प्रमुख पशासकिय अधिकुत बुद्ध प्रकाश पौडेलले आर्थिक सर्वेक्षण बारे जानकारी गराउनु भएको थियो । निति तथा कायक्रममा सुस्ता गाउँपालिका अन्र्तगतका वडा अध्यक्ष वडा सदस्य लगाएत राष्ट्र सेवक कर्मचारिको उपस्थिति रहेको थियो ।