विराटनगर । सिंघिया खाेलामा आएकाे बाढीका कारण विराटनगरका २५ परिवार विस्थापित भएका छन् । विराटनगर ८ का खाेला किनारका बस्तीमा बाढी पसेकाे हाे । बाढीका कारण २५ परिवार विस्थापित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय माेरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार बिस्थापितहरूलाई सुरक्षित स्थानमा सारिएको छ । खाेला किनारका अन्य बस्ती पनि बाढीको जाेखिममा परेका छन् ।
विराटनगर २ काे खाेला किनारका बस्तीमा पनि पानी पसेकाे छ ।