Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

रोल्पाको मल दाङबाटै गायव


रोल्पाको मल दाङबाटै गायव

वर्षात सुरु भए संगै खेतिमा प्रयोग हुने रासायनिक मलको अभावले कृषकहरु चिन्तामा छन्। मल अभावका खबरहरु दैनिक पढ्न हेर्न परिरहेको अबस्थामा रोल्पाका लागि भनेर आएको मल बिचौलियाहरुले बाटोबाटै गायव पारेको खुलेको छ। कोटामा आएको भनिएको १ सय बोरा डिएपी मल जिल्लामा आएको छैन भने पहिले नै आएको भनिएको १ सय ५० बोरा मल पनि कहाँ बिक्री भयो भन्ने रेकर्ड कतै छैन।

रोल्पाली कृषकका लागी भनेर आएको रासायनिक मल बाहिरी जिल्ला बिक्री गर्ने गरेको खुलेपछि स्थानीय प्रसाशनले खोजि सुरु गरेको छ। रोल्पा सदरमुकाम लिवाङबाट बसमा राखेर दाङ लैजादै गरेको १८ बोरा रासायनिक मल प्रहरीले सातदोबाटोमा बरामद गरे पछि बदमासीका बारेमा स्थानीय प्रशासन थप चनाखो बनेको हो। प्रहरीका अनुसार गोप्य सुचनाका आधारमा उक्त मल बरामद गरिएको थियो।

रोल्पाको कोटामा पर्ने १ सय बोरा डिएपी मल असार १३ गते गाडिमा लोड गरेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड दाङको रेकर्डमा देखिए पनि उक्त मल अहिलेसम्म रोल्पा आएको छैन। कृर्षी सामाग्री सस्थानले पठाएको १ सय ५० बोरा पनि बिक्री गरेको कुनै रेकर्ड छैन्। त्यही मध्येको १८ बोरा मल बिहीबार दाङ लैजादै गर्दा प्रहरीले बरामद गरेको जिल्ला प्रशासन कार्यालयले बतायो।

बिहाबार मल कारोबार गर्ने जिम्मा पाएको लिवाङमा रहेका स्वर्गद्धारी एग्रोभेटमा छापा हानेपछि जिल्ला प्रशासन कार्यालयले अनुसन्धान गर्ने निर्णय गरेको छ। ‘बरामद भएको मल जफत गर्छौं। नगरपालिकाले नै बितरण गर्छ।’ प्रमख जिल्ला अधिकारी नबराज सापकोटाले भने ‘गाडिमा ४ दिन अघि लोड भएर पनि रोल्पा नआएको मलका बारेमा अनुसन्धान हुन्छ।’

प्रमुख जिल्ला अधिकारी नबराज सापकोटा भन्छन्, ‘अब साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड दाङले अनुसन्धान प्रकृया अघि बढाउनुपर्छ। असार १३ गते १ सय बोरा डिएपी मल गाडिमा लोड गरेको देखिन्छ। मल कहाँ गयो कसैलाई थाहा छैन।’ उनले थपे, ‘कृर्षी सामाग्री कम्पनी लिमिटेड पठाएको १ सय ५० बोरा मल बिक्री गरेको पनि हिसाब कहि देखिदैन त्यसको अनुसन्धान सुरु गर्छौ।’

मल बाहिर बेचेको आरोप लागेका स्वर्गद्धारी एग्रोभेटका पुरण रोका भन्छन्, ‘आज बरामद भएको भनिएको मल हामीले रोल्पाकै लाल्टीबाङ पठाउन खोजेका थियौ। १ सय बोरा मल बाटो बिग्रेर ढिला भएको हो। आउँदैछ। पहिले आएको मल पनि बाहिर बेचेको हैन। कोटामा आएको सबै मल जिल्ला मै बेचेको छौँ।’

मल बितरण गर्ने निकाय साल्ट ट्रेडिङ लिमिटेड दाङका प्रमुख रामबाबु गुप्ताले आफ्नो काम मल दिने मात्र भएको बताए। ‘हाम्रो काम मल बेच्ने हो लगि सकेपछि त्यो कहाँ जान्छ हामीलाई मतलब हुँदैन। हामिले दिएको छौ कि छैनौ हाम्रो जिम्मा हो। मल कहाँ गयो भनेर खोज्ने काम स्थानीय तहको हो। हामीले बेच्ने कि बेचेको मल खोज्ने ?’

बिहीबार प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा, रोल्पा प्रहरी प्रमुख, कृर्षी ज्ञान केन्द्र, रोल्पा नगरपालिकाका प्रतिनिधि लगायतको उपस्थितीमा अनुगमन समेत गरिएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

तलब भत्ता र सामाजिक सुरक्षा भत्तामै धेरै पैसा खर्च हुँदा विकास बजेट कम भयो : अर्थमन्त्री

श्रम तथा रोजगार क्षेत्रमा ८ अर्ब ८ करोड रुपैयाँ बजेट

तलब भत्ता र सामाजिक सुरक्षा भत्तामै धेरै पैसा खर्च हुँदा विकास बजेट कम भयो : अर्थमन्त्री

पालिका र प्रदेशलाई समानीकरण अनुदान १ खर्ब ४६ अर्ब र ससर्त अनुदान २ खर्ब २७ अर्ब रुपैयाँ

सरकारको खर्च कटौती योजना : नयाँ गाडी नकिन्ने, थन्किएका गाडी लिलाम

सरकारको खर्च कटौती योजना : नयाँ गाडी नकिन्ने, थन्किएका गाडी लिलाम

१७ खर्ब रुपैयाँ हाराहारीको बजेट आउँदै

१७ खर्ब रुपैयाँ हाराहारीको बजेट आउँदै

चैते धान खेती घट्दो

बाली लगाउनुअघि नै प्रमुख कृषि उपजकाे न्यूनतम समर्थन मूल्य तोकिने

८ महिनायताकै शेयर बजार तल्लो विन्दुमा झर्‍याे, आज १७ अङ्कले घट्याे

८ महिनायताकै शेयर बजार तल्लो विन्दुमा झर्‍याे, आज १७ अङ्कले घट्याे

भर्खरै प्रकाशित

दमकल कर्मचारीलाई कुटपिट गर्ने ३ जना युवा पक्राउ

दमकल कर्मचारीलाई कुटपिट गर्ने ३ जना युवा पक्राउ

व्यावसायिक ड्रागन फ्रुट खेती

व्यावसायिक ड्रागन फ्रुट खेती

अत्यधिक गर्मीले बाँकेका विद्यालय बन्द हुँदै

अत्यधिक गर्मीले बाँकेका विद्यालय बन्द हुँदै

देश जसपाको एजेण्डामा अगाडि बढिरहेको छ : अध्यक्ष यादव

देश जसपाको एजेण्डामा अगाडि बढिरहेको छ : अध्यक्ष यादव

रारामा म्याराथन प्रतियोगिता हुने

रारामा म्याराथन प्रतियोगिता हुने

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि