Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कोरोना जोखिम भत्ताको माग गर्दै भीम अस्पतालका स्वास्थ्यकर्मी आन्दोलनमा

Author Avatar साझा न्यूज 1st July 2022 , 8:17 PM
कोरोना जोखिम भत्ताको माग गर्दै भीम अस्पतालका स्वास्थ्यकर्मी आन्दोलनमा

कोरोना जोखिम भत्ता पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका भैरहवास्थित भीम अस्पतालका स्वास्थ्यकर्मीहरुले शुक्रबार बिहान दुईघण्टा सम्म ओपिडी सेवा बन्द गरेका छन् ।

सरकारले घोषणा गरेको जोखिम भत्ता हालसम्म पनि नपाएको भन्दै उनीहरुले पूर्बघोषित कार्यक्रम अनुसार आज बिहान ९ बजेदेखि ११ बजे (दुईघण्टा)सम्म ओपिडी सेवा बन्द गरेका हुन् ।
भीम अस्पताल संघर्ष समिति गठन गरेर आन्दोलनमा होमिएका स्वास्थ्यकर्मीहरुले आजदेखि आन्दोलनका कार्यक्रमहरु सुरु गरेका छन् । समितिले बिहीबार आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको थियो ।

संघर्ष समितिका संयोजक गोपाल उपाध्यायले कोरोना महामारीका बेला जोखिम मोलेर काम गरेका स्वास्थ्यकर्मीलाइ सरकारले नहेरेको बताए । उनले सरकार आफैले घोषणा गरेको जोखिम भत्ता हालसम्म पनि उपलब्ध नगराएको हुनाले आन्दोलन गर्न बाध्य भएको बताए ।

उनले भने, ‘हामीले आन्दोलनको घोषणा गर्दा ओेपिडी सेवा बन्द भएको अवस्थामा अशक्त बिरामीलाई इमरजेन्सीमा चिकित्सकद्वारा स्वास्थ्य सेवा प्रदान गरिने प्रतिवद्धता जाहेर गरेका छौं । त्यसकारण सरकारले हाम्रो कुरा सुनोस् भन्ने उद्देश्यले मात्र हामी यो स्थितिमा पुग्नुपर्ने बाध्यता भएको छ ।’

यसका लागि अस्पताल प्रशासन, संघीय सरकार, प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय कसले जिम्मेवारी लिनुपर्ने हो, सोही निकायले जिम्मेवारी लिनुपर्ने उपाध्यायको भनाइ छ । उनले स्वास्थ्यकर्मीहरुको माग सम्बोधन गरिए आन्दोलन स्थगित हुन सक्ने बताए । उनले माग सम्बोधन नभए अझ कडा रुपमा प्रस्तुत हुन चेतावनी दिए ।

आर्थिक वर्षको अन्तिम महिना सकिनै लाग्दा समेत कोरोना जोखिम भत्ता उपलब्ध गराउन कुनै किसिमको तदारुकता नदेखिएकाले भीम अस्पताल (कोरोना अस्पताल( मा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी विगत ११ दिनदेखि विभिन्न संघर्षका कार्यक्रम गर्दै आएको उपाध्यायले बताए । उनले हातमा कालोपट्टी बांधेर काम गर्ने बताए ।

आन्दोलनका कार्यक्रम अन्तर्गत असार १८ गते अस्पताल परिसरमा सम्पूर्ण कर्मचारी धर्नामा बस्ने, १९ गते बिहान ९ बजेदेखि १२ बजेसम्म ३ घण्टा ओपिडी सेवा बन्द गर्ने, २० गतेदेखि ओपडी सेवा पूर्ण रुपमा बन्द गर्ने समितिका सचिव जनकराज पन्तले जानकारी दिए ।

भीम अस्पताल संघर्ष समितिका कोषाध्यक्ष डा। सिद्धार्थ पाण्डेले एक वर्ष अगाडि कोभिडको बेला स्थानको अभावमा बिरामीलाई भुँइमा समेत राखेर उपचार गरिएको बताए । उनले सरकारले जोखिम भत्ता दिने घोषणा गरे पनि असार मसान्त नजिकिदै जाँदा पनि नपाएको बताए । उनले भने, ‘ओपिडी सेवा दुई घण्टा होल्ड गरेका हौं, बिरामीलाई दुःख दिनका लागि होइन्, उपचारका लागि इमरजेन्सी सेवाको व्यवस्था छ, ओपिडी सेवा होल्ड गर्नुको कारण सरकारले माग पुरा गरोस् भनेर दबाब दिनका लागि हो, यो कुरा जनतालाई पनि थाहा हुनुपर्छ । ’ ज्यान जोखिममा राखेर काम गरे पनि केही पाउन नसकेको उनको भनाइ छ ।

संघर्ष समितिका अध्यक्ष गोपाल उपाध्यायकाअनुसारः ‘भीम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले ६ महिनाको १ करोड ४९ लाख ८० हजार रकम पाउन बाँकी छ । भीम अस्पतालका १ सय ७४ जना स्वास्थ्यकर्मीले जोखिम भत्तावापतको रकम पाएका छैनन् ।’ अस्पतालका चिकित्सक, नर्स, कर्मचारी लगायतका स्वास्थ्यकर्मीले गत असार ७ गते संघर्ष समिति बनाएर प्रशासन कार्यालय र सरकारसँग भत्ता पाउनुपर्ने माग गर्दै आएका छन् ।

भीम अस्पताल विकास समितिका अध्यक्ष कुल प्रसाद न्यौपानेले सरकारले ६ महिनाको कोरोना जोखिम भत्ता दिने घोषणा गरेकाले त्यही अनुरुप जोखिम मोलेर काम गरेका स्वास्थ्यकर्मीहरुले भत्ता नपाएको बताए । उनले भत्ता नपाएका स्वास्थ्यकर्मीहरुले संघर्षको आह्वान गर्नुभएको बताए ।
उनले भने, ‘प्रदेश र संघीय सरकारअन्तर्गत मन्त्रालयमा पहल भइरहेको अवस्था छ, । ’ स्वास्थ्यकर्मीहरुले पत्रकार सम्मेलन गरिसकेपछि उहाँहरुलाई बोलाएर बैठक समेत बसेको उनले जानकारी दिए । अध्यक्ष न्यौपानेले स्वास्थ्य सेवा अत्यावश्यक सेवा अन्तर्गत परेकाले बन्द नगर्न आग्रह गरे ।

उनले अस्पताल प्रशासन, विकास समिति स्वास्थ्यकर्मीहरुको साथमा रहेको र आफूहरु स्वयं लागिरहेको बताए । उनले भने, ‘स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले गरेको कामको प्रतिफल पाउनुपर्छ, सरकारले जुन आश्वासन दिएको छ, त्यो पुरा गर्नुपर्छ भन्ने मान्यता हाम्रो पनि हो ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

भर्खरै प्रकाशित

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज