कपिलवस्तु – सगरमाथा सामुदायिक सिकाई केन्द्र चन्द्रौटाको अध्यक्षमा मणिराम उपाध्याय सर्वसहमति रुपमा चयन हुभएको छ । शिवराज नगरपालिका ५ दुर्गा मन्दिरमा आज भएको दोस्रो साधारणसभा तथा पहिलो अधिवेशनबाट उपाध्यायको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । सिकाइ केन्द्रको उपाध्यक्षमा शुभावती केवट, सचीव प्रेमकला पौडेल, सहसचिव कविता आचार्य, कोषाध्यक्ष बबिता थरुनी र सदस्यहरुमा खिमकला घिमिरे, बालकुमारी घिमिरे, विमला न्यौपाने र तौलेश्वरप्रसाद चौधरी सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसिले सिकाई केन्द्र सिकाईको थलो बनेकोे बताउदै आगामि दिनमा पनि समाज रुपान्तरण र शिक्षाको क्षेत्रमा नयाँ आयामहरुलाई उजागर गर्दै जान आग्रह गर्नुभयो । सिकाई केन्दले आगामि दिनमा संचाल गर्ने पुस्तकालयबाट ज्ञान आर्जन, युवा पिढिलाई कुलतमा लाग्नबाट जोगान र अध्यनसिल बनाउनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
यस्तै शिवराज नगरपालिका नगर उप प्रमुख शिवकुमारी थारुले शिवराज नगरको स्रोत केन्द्रको भवन निमार्णको चरणमा रहेको र त्यसको निमार्ण पश्चात त्यहाँ पुस्कालय राखिने र पढ्न इच्छुक व्यक्तिले त्यसबाट चाहेको पुस्तक अध्यान गर्न सक्ने बताउनुभयो । सिकाई केन्द्रले गरेका कामहरु परर्दशि रुपमा देखाएको बताउदै आगामि नेतृत्वले यो सस्थालाई अझ शसक्त बनाउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा संस्थालाई योगदान गर्ने विभिन्न व्यक्तिहरूलाई कदर पत्रद्वारा सम्मान गरीएको थियो । कार्यक्रममा व्यापार सघं केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्ष महादेव पोखरेल, राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तु जिल्ला सभापति विष्णु प्रसाद खतिवडा लगायतले सफल कार्यकालको सुभकामना दिनुभयो । त्यस्तै कार्यक्रमका अध्यक्ष विष्णुप्रसाद अधिकारेले सगरमाथा सामुदायिक सिकाइ केन्द्र छिट्टै आफ्नै भवनको व्यवस्था गर्ने अवस्थामा पुगेकाले कार्यकाल भर सहयोग गर्नुभएका सबै लाई धन्यवाद व्यक्त गर्नुभयो ।
निर्वाचित भएको प्रमाणपत्र ग्रहण पछि बोल्दै नवनिर्वाचित अध्यक्ष मणिराम उपाध्यायले संस्थाको हित र विकासका लागि बिगतमा समेतयोगदान गरेर अनुभव बटुलेका लाई साथमा लिएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।