Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

निजगढ विमानस्थल अनुगमनमा प्रधानमन्त्रीसहित सत्ता गठबन्धनका शीर्ष नेता

Author Avatar साझा न्यूज 2nd July 2022 , 6:01 PM
निजगढ विमानस्थल अनुगमनमा प्रधानमन्त्रीसहित सत्ता गठबन्धनका शीर्ष नेता

बारा, असार १८ गते। प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताले शनिबार राष्ट्रिय गौरवको आयोजना प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अनुगमन तथा निरीक्षण गर्नुभएको छ।

पाँच दलीय गठबन्धनका शीर्ष नेताको टोलीले हेलिकप्टरबाट विमानस्थलको अनुगमन तथा निरीक्षण गरेको हो। काठमाडौं–तराईं जोड्ने द्रुतमार्गमा रहेको नेपाली सेनाको क्याम्पमा उपस्थित पत्रकारसँग कुरा गर्नुहुँदै प्रधानमन्त्री देउवाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रकृया नरोकिने प्रष्ट पार्नुभएको छ।

विमानस्थल निर्माणपछि देशको अर्थतन्त्रमा यसले महत्वपूर्ण भूमिका खेल्ने र पर्यटन प्रवद्र्धन हुनुको साथै तराईमा रोजगारीको अवसर सिर्जना हुने उहाँको भनाइ छ। विमानस्थल निर्माणको काम चाँडे सुरु हुने उहाँले प्रष्ट पार्नुभएको छ।

यसैगरी नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालले विमानस्थल निर्माण हुने कुरामा आशंका नगर्न सबैलाई अनुरोध गर्नुभएको छ।

उहाँले सर्वोच्च अदालतबाट प्राप्त आदेशले निर्माणको बाटो खुलेको प्रष्ट पार्नुभयो। हवाई उडानमा भरपर्दो, सुरक्षितसहित अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न विमानस्थल नेपालमा बनाउन अति आवश्यक रहेको उहाँको भनाइ छ।

त्यसैगरी नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहालले निर्माणाधीन निजगढ विमानस्थलले देशको अर्थतन्त्रमा परिवर्तन ल्याउनसक्ने बताउनुभयो।

सबैतिरबाट अध्ययन गरी विमानस्थल बनाउन निजगढनै सबैभन्दा उपयुक्त ठाउँ रहेको उहाँको भनाइ छ। काठमाडौं–तराई द्रुतमार्ग ९फास्ट ट्रयाक० र निर्माणाधीन निजगढ विमानस्थल एक अर्काका पुरक भएको तथा राष्ट्रिय गौरवको ड्रिम प्रोजेक्टको रुपमा रहेकाले यी दुबै राष्ट्रिय परियोजना कुनै पनि बहानामा नरोकिने उहाँले बताउनुभयो।

यसैगरी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बाराको निजगढमा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता मुलुकलाई नै सबै भन्दा उपयुक्त हुने बताउनुभएको छ।

अन्तर्राष्ट्रिय मापदण्डको विमानस्थलको नेपालमा आवश्कता रहेको र यो आवश्यकतालाई निजगढ विमानस्थलले पूरा गर्ने भएकोले यसको निर्माण हुन जरुरी रहेको उहाँको भनाइ छ।

निरीक्षणमा अर्थमन्त्री जनार्दन शर्मा, वनमन्त्री रामसहाय यादव, पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, खानेपानी मन्त्री उमाकान्त चौधरी, बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे, कोल्हवी नगरपालिकाका मेयर रामप्रसाद चौधरी, जितपुरसिमरा उपमहानगरपालिका मेयर राजन पौडेल, निजगढ नगरपालिकाका मेयर सुरथ पुरी, डिभिजन वन कार्यालय बाराका प्रमुख विनोद सिंहलगायत सुरक्षा प्रमुखको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज