नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनको मूल्य घटेको जानकारी दिएको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै सुनको भाउ प्रतितोला २०० रुपैयाँले घटेको जानकारी दिएको हो ।
जुन, हिजो सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९४ हजार २०० रुपैयाँ थियो । यसअघि, आइतबार तोलामा छापावाल सुनको मूल्य ९४ हजार ८०० रुपैयाँ र ९४ हजार ३०० रुपैयाँ छ ।यसैगरी, हिजो स्थिर रहेको चाँदीको मूल्य आज भने घटेको छ ।
महासंघका अनुसार आज चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । यससँगै, आज चाँदीको मूल्य प्रतितोला ११ सय ७५ रुपैयाँ छ । जुन, हिजो ११ सय ८५ रुपैयाँ कायम थियो ।