Sajhanews
No Result
View All Result
Epaper
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

उपसभामुखमा कांग्रेसकी भुसाल निर्वाचित, को हुन् उनी ?


उपसभामुखमा कांग्रेसकी भुसाल निर्वाचित, को हुन् उनी ?

प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित भएकी छन् । शुक्रबार संसदमा भएको मतदानमा पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सांसद भुसालले १४८ मत पाइन् ।

२०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि अहिलेसम्म खाली रहेको यो पदमा आज चुनाव भएको हो ।

अर्घाखाँची पोखराथोककी पुष्पा भुसाल २०२८ सालदेखि राजनीतिमा आवद्ध छिन् । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी भुसाललाई माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा लगायत दलको साथ रहेको थियो ।

एमालेकी भट्टराईलाई राप्रपा र मजदूर किसान पार्टीको समर्थन छ। संसदमा एमालेको ९८ र स्वतन्त्रको २ मत छ।

को हुन् भुसाल ?
अर्घाखाँची क्षेत्र नं. २बाट निर्वाचित पुष्पा भुसाल नेपाली कांग्रेसका सभासद हुन् । २०५६ को संसदीय निर्वाचनमा समेत सोही क्षेत्रबाट सहभागी भुषालले १७ वर्ष त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेकी छिन् । कानुन व्यवसायीसमेत रहेकी भुषाल नेपाली कांग्रेसकी शिक्षित एवं वाकपटुता भएकी नेतृका रुपमा परिचित छन् ।

कानुनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर भुषाल अध्ययनका साथै समाचार सुन्न विशेष रुचि राख्निछन्। नेपाल वार एसोसिएसनका केन्द्रीय सदस्य रहिसकेकी ४७ वर्षीया भुसाल एक छोरीकी आमा हुन् । पुष्पा चर्चित डाक्टर एवं पूर्वराजदूत डा. चोपलाल भुषालकी पत्नी हुन् ।

राजनीतिक पृष्ठभूमीकी भुषालका बुवा २०१५ सालको बी.पी.कोइरालाको मन्त्रिपरिषदमा स्वास्थ्य मन्त्री रहेका थिए । २०१७ सालमा राजा महेन्द्रको कदमपछि १४ वर्ष पिता काशीनाथ गौतमसहित भारत निर्वासित भएका थिए । त्यही अबधिमा आफूले राजनीतिमा लाग्ने अठोट गरेको बताउने भुषाल २०२८ सालदेखि सक्रिय राजनीतिमा होमिएकी हुन् । हाल उनी पार्टीको केन्द्रीय कानुनी सल्लाहकार समितिका सदस्य, केन्द्रीय महिला विभाग सदस्य र नेपाल महिला संघको महासचिव हुन्।

पार्टीमा निरन्तरता, इमान्दारी, कटिबद्धता र जिल्लावासी सँगको निकट सम्बन्ध राख्न सफल भुषाल लुम्बिनी अञ्चलको मात्र नभई नेपाली कांग्रेसकै उत्कृष्ट नेतृका रुपमा आफूलाई स्थापित गर्न सफल भएकी छिन् ।

भुसाल यसअघि पनि उपसभामुख उम्मेदवार भएर पराजित भएकी थिइन्। २०७४ चैतमा भएको चुनावमा भुसाललाई एमालेकी शिवमाया तुम्बाहाङ्फेले हराएकी थिइन्। तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले ६ माघ २०७६ मा राजीनामा दिएपछि संसद्ले उपसभामुख पाएको छैन।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

बिश्व वातावरण दिवसका अवसरमा, चमेरा संरक्षणकालागि जन चेतनामुलक कार्यक्रम

बिश्व वातावरण दिवसका अवसरमा, चमेरा संरक्षणकालागि जन चेतनामुलक कार्यक्रम

मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ: प्रधानमन्त्री

मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ: प्रधानमन्त्री

गण्डकीमा सुरुङ मार्ग : घोषणामाथि घोषणा

गण्डकीमा सुरुङ मार्ग : घोषणामाथि घोषणा

मेलम्चीको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत

मेलम्चीको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत

छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै कोहलपुर खानेपानी संस्थामा तालाबन्दी

छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै कोहलपुर खानेपानी संस्थामा तालाबन्दी

अब मायादेवी गाँउपालिकाले आफ्नै भवनबाट सेवा दिने

अब मायादेवी गाँउपालिकाले आफ्नै भवनबाट सेवा दिने

भर्खरै प्रकाशित

बिश्व वातावरण दिवसका अवसरमा, चमेरा संरक्षणकालागि जन चेतनामुलक कार्यक्रम

बिश्व वातावरण दिवसका अवसरमा, चमेरा संरक्षणकालागि जन चेतनामुलक कार्यक्रम

मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ: प्रधानमन्त्री

मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ: प्रधानमन्त्री

गण्डकीमा सुरुङ मार्ग : घोषणामाथि घोषणा

गण्डकीमा सुरुङ मार्ग : घोषणामाथि घोषणा

मेलम्चीको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत

मेलम्चीको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत

छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै कोहलपुर खानेपानी संस्थामा तालाबन्दी

छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै कोहलपुर खानेपानी संस्थामा तालाबन्दी

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

No Result
View All Result