Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मुल्य बृद्धिले मारमा परेको निर्माण व्यवसायीको गुनासो

Author Avatar साझा न्यूज 17th July 2022 , 1:04 PM
मुल्य बृद्धिले मारमा परेको निर्माण व्यवसायीको गुनासो

कपिलवस्तु, साउन १
मुल्य बृद्धि बढदै गए पनि दररेट पारिमार्जन नभए पछि आफुहरु मर्कामा परेको निर्माण व्यवसायीले गुनासो गरेका छन । कपिलवस्तु निर्माण व्यवसायी संघको आयोजनामा संघमा आयोजित कोभिडका कारण मृत्यु भएका निर्माण व्यवसायीका आश्रित परिवारलाई सहयोग रकम बितरण तथा जनप्रतिनिधीमा निर्वाचित निर्माण व्यवसायीलाई सम्मानका लागी आयोजित कार्यक्रमका सहभागीले सो गुनासो गरेका हुन । सो अवसरमा बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष टोप बहादुर रायमाझिले निर्माण व्यवसायीहरु महगीको मारमा परेको बताए । महगी ४० प्रतिशत बढे पनि सरकारी दररेट समायोजन नहुदाँ र मुल्य बृद्धिको बारेको दोस्रो निर्देशिका जारी नहुदाँ आफुहरु मारमा परेको बताउनु भयो । मुल्य बृद्धिलाई मध्य नगर गरि फागुन यताको ठेक्काको भुक्तानी रकममा २० प्रतिशत थप पाउनु पर्ने महासंघको माग रहेको उहाँले बताउनु भयो । लामो प्रयास पछि सार्वजनिक खरिद नियमावली १२ औं संसोधन आएको र समयानुकुलका व्यवस्था गरिनु पर्ने उहाँको माग थियो ।
मुल्य बृद्धि भए पनि जिल्ला दररेट समायोजनमा कुनै चासो नदिईएको लुम्बिनी प्रदेश निर्माण व्यवसायी संघका उपमहासचिव दिनेश हमालले आरोप लगाउनु भयो । महगीको मारले धेरै निर्माण व्यवसायी व्यवसायमा डुब्ने र घरबार बिहीन हुने अवस्थामा पुगेको हमालले बताउनु भयो ।
निर्माण व्यवसायीले तोकेको दररेटमा गुणस्तरीय काम गर्न आग्रह गर्दै अस्वस्थ्य प्रतिस्पर्धाका कारण निर्माण व्यवसायी समस्यामा पर्ने गरेको कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेलले सुझाव दिनु भयो ।
कतिपय निर्माण व्यवसायीले सरकारबाट मुल्य समायोजन हुने आशामा जेठ महिना सम्म पनि भुक्तानी सलन नसकेको अवस्था रहेको कपिलवस्तु निर्माण व्यवसायी संघका अध्यक्ष गुन्जन कुमार गुप्ताले बताए । महगी अनुसारको मुल्य समायोजन नहुदाँ निर्माण व्यवसायीले कार्यालयबाट पाउने भुक्तानी भन्दा तिर्नु पर्ने रकम बढि देखिदा व्यवसायी चिन्तित बनेको बताए ।
कार्यक्रममा कोभिड १९ का कारण ज्यान गुमाएका निर्माण व्यवसायीहरु बालगोबिन्द चौधरी, रामसुकल तेली, बुद्धीमान थारु र कमल रानाका आश्रित परिवारलाई जनही १ लाख ५० हजार दरले सहयोग रकम हस्तान्तरण गरिएको थियो । त्यसै गरि जनप्रतिनिधीमा निर्वाचित निर्माण व्यवसायी तथा कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेल, वडा नम्बर २ का अध्यक्ष अशोक कुमार गुप्ता र बुद्धभुमी १० का अध्यक्ष संदिप कुमार पाण्डेयलाई स्वागत तथा सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज