बाँकेको राप्ती सोनारी गाउँपालिका–७ निबुवाटारमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा पैदलयात्री राप्तीसोनारी गाउँपालीका–५ बिनौनाका अन्दाजी ५० वर्षीय बुचु थारु रहेका छन्।अन्दाजी २३ वर्षीय नविन बुढामगरले चलाएको भे ७ प १५२७ नम्बरको मोटरसाइकलको ठक्करबाट आइतबार बेलुकी राती ८ बजे घाइते भएका थारुको उपचारको क्रममा नेपालगन्जस्थित भेरी अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका चालक बुढामगरलाई भने उपचारको लागी नर्सिङहोम नेपालगन्ज पठाइएको छ ।