काठमाडौं, २ साउन
रोल्पाको रुन्टिगढी गाउँपालिका २ धैरेनी बस्ने ६८ वर्षीय लक्ष खत्री सोही गाउँपालिका ४ सुर्पालस्थित मकै बारीमा आइतबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै कपिलवस्तुको महाराजगंज नगरपालिका ११ प्रभातनगर बस्ने राम लखन भरकी छोरी ६ वर्षीया अस्मिता भर घर नजिकै बेल नदीको किनारमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् । घरबाट हराएकी उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।
त्यस्तै दाङको घोराही उपमहानगरपालिका ३ स्थित रनघरा बबई नदीको किनारमा सोही उपमहानगरपालिका(५ धारापानी बस्ने ६५ वर्षीया शिवा नेपाली आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
काठमाडौं महानगरपालिका ८ पशुपति राम मन्दिर नजिक हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । चितवनकाे भरतपुर महानगरपालिका १६ स्थित नारायणी नदीको बिच भागको टापुमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।