कपिलबस्तुको बुद्धभुमी नगरपालिका-९ चम्पापुरमा आज बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। पछाडि सवार एक किशोरी घाइते भएकी छिन्।
मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका-९ बस्ने ३० वर्षीय शुसिल केसी रहेका छन्। गम्भीर घाइते भएका केसीको उपचारको क्रममा जिल्ला अस्पताल तौलिहवामा मृत्यु भएको हो। घाइते भएकी १७ वर्षीया कुस्मा केसीको सोही अस्पतालमै उपचार भइरहेको छ।
ना ५ ख ९३५० नम्बरको बसले रा ७ प ३५९४ नम्बरको मोटरसाइकललाई आज बिहान साढे ८ ठक्कर दिएको हो। दुवै सवारी साधनसहित बस चालकलाई इलाका प्रहरी कार्यालय गोरुसिङगेले नियन्त्रणमा लिएको छ।