सर्लाहीको हरिवनमा प्रहरीले नक्कली नेपाली रुपैयाँसहित एक भारतीयलाई पक्राउ गरेको छ।
शनिबार राति हरिवन बजारस्थित पूर्वपश्चिम राजमार्गबाट भारतको सितामढी थाना सोनवर्षा ग्राम परछुहिया ९ घर बताउने ४० वर्षीय लालमोहन पासवानलाई पक्राउ गरिएको हो। स्थानीय कार्की पुस्तक पसलअगाडि बसेर उनले नक्कली नोटको कारोबार गरिरहेको सूचनाका आधारमा पुगेको प्रहरीले टोलीले उनलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय (सर्लाही) का सूचना अधिकारी डीएसपी विजय यादवका अनुसार उनको साथबाट हजार दरका ५० थान नक्कली नेपाली नोट बरामद भएको छ। उनलाई हाल इलाका प्रहरी कार्यालय (हरिवन) को हिरासतमा राखेर थप अनुसन्धान र कारबाही पक्रिया अघि बढाइएको यादवले बताए।