काठमाडौं- लोकतान्त्रिक पत्रकारहरूको संस्था नेपाल प्रेस युनियनमा शिव लम्सालले अग्रता बढाएका छन्।
कुल १३८४ मत खसेकोमा ८२५ मत गन्दा लम्साललाई ९२ मतको अग्रता मिलेको हो।
लम्सालले ४ सय ५२ मत पाएका छन्। उनका निकटतम प्रतिस्पर्धी अनिता विन्दुले ३ सय ६० मत पाएकी छन्। यसअघि ६ सय मत गन्दा शिवले ४५ मतले अग्रता लिएका थिए।