Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

महिलाको नाममा भु–स्वामित्व बढ्दै, एक वर्षमा ५ हजार बढी जग्गाका मालिक


महिलाको नाममा भु–स्वामित्व बढ्दै, एक वर्षमा ५ हजार बढी जग्गाका मालिक

कपिलवस्तुमा महिलाको नाममा भु-स्वामित्व बढ्दै गएको छ। केही वर्षअघिसम्म नगन्य मात्रामा महिलाको नाममा जग्गा पास हुने क्रम अहिले उत्साह जनकरुपमा वृद्धि भएको देखिन्छ। सरकारले महिलाको नाममा जग्गा रजिस्ट्रेशन पास गराउनेलाई राजस्वमा विशेष छुटको व्यवस्था गरेपछि जिल्लामा महिलाको नाममा उल्लेखनिय रुपमा भुस्वामित्व बढेको हो।

सरकारले महिलाको नाममा जग्गा किन्दा रजिस्ट्रेशनमा सहुलियत दिएपछि महिलाको जग्गामा स्वामित्व बढदै गएको हो। जमिनमा महिलाका स्वामित्व बढाउन छुट पाइने भएपछि महिलाहरुको नाममा जग्ग्गा पास गर्नेक्रम निरन्तर बढ्दै गएको हो। जग्गा किन्दा लाग्ने दर्ता शुल्कमा सरकारले २५ प्रतिशत छुटको सहुलितय दिएको छ।

यसैको फाइदा उठाउँदै घरपरिवारले महिलाको नाममा धमाधम जग्गा पास गराइरहेका छन्। विगत ढेड दशकदेखि सरकारले महिलाको नाममा जग्गा किन्दा लाग्ने रजिस्ट्रेशन शुल्कमा छुटको सहुलित दिएपछि उनीहरुको नाममा जग्गा पास गर्नेको संख्या ह्वात्तै बढेको हो।

‘यो प्रावधान नहुँदासम्म नगन्य मात्रामा महिलाको नाममा जग्गा पास गराइन्थ्यो भने अहिले धमाधम महिला कै नाममा जग्गा पास भइरहेको छ।’ भूमिसुधार तथा मालपोत कार्यालय तौलिहवाका प्रमुख रिषिराम पौडेलले ले भने ‘अहिले मालमा महिलाको भीड नै लाग्ने गरेको छ।’ छुट दिएपछि महिलाहरुको नाममा जग्गाको स्वामित्व बढ्दै गएको मालपोतका कर्मचारीहरु बताउँछन्।

मोलपोत कार्यालय तौलिहवा अनुसार गत आर्थिक वर्ष २०७८/०७९ मा ५ हजार १५५ जना महिलाको नाममा जग्गा पास भएको छ। जसबाट उनीहरुले १ करोड ५८ लाख ६७ हजार ३०६ रुपैयाँ छुट पाएका छन्। २०७७/०७८ मा ५ हजार ४३५ जना महिलाको नाममा जग्गा पास भएको थियो। त्यस वापत उनीहरुले १ करोड ८५ लाख ९८ हजार ९६० रुपैयाँ छुट पाएका थिए।

सरकारले गरेको छुटको प्रावधानलाई जिल्लाका महिला अधिकारकर्मीले सराहनीय र महिलाका लागि खुशीको कुरा भएको बताएका छन्। ‘पहिला पहिला महिलाको नाममा जग्गा दर्ता गर्न पुरुषहरु आनाकानी गर्थे तर छुटको व्यवस्था लागु भएपछि धमाधम महिलाको नाममा जग्गा दर्ता भइरहेको छ।’ अधिकारकर्मी पुष्पा रेग्मीले भनिन्, ‘यो प्रावधानले केही सकारात्मक संदेश गएको छ।’

महिलाको नाममा जग्गाको स्वामित्वत आए पनि किनबेचमा भने पुरुषहरु नै हाबी हुने गरेको महिला अधिकारकर्मीहरु गुनासो गर्छन्। लालपट्टारुपी कागजमा अधिकार आएको देखाइ पनि त्यसको प्रयोगमा भने पुरुषहरु नै हावी हुने गरेका अधिकारकर्मी उनी बताउँछिन्। स्मामित्व हस्तान्तरण भएकै कारण महिला हिंसा समेत बढेको अर्की महिला अधिकारकर्मी माधुरी श्रेष्ठको भनाइ छ।

‘यही कारणले कतिपय महिलालाई हिंसा सहन बाध्य तुलाएको र निम्त्याएको छ ,’ उनले भनिन्, ‘महिलाको नाममा जग्गा त आयो तर अधिकार आएन।’ ‘आफ्नो नाममा रहेको जग्गा बेचबिखन गर्न खोज्दा परिवारका अन्य सदस्यले विभिन्न अड्चन लगाउने गर्छन् यसलाई कसरी महिलाको नाममा सम्पत्ति आयो उनले भनिन्। ‘लालपुर्जामा महिलाको नाम लेखिनुलाई स्वामित्व नाममा आयो भन्न मिल्दैन।’

उपभोग गर्न पाए मात्र स्वामित्व प्राप्त भएको भन्न मिल्ने उनको भनाइ छ। सरकारले गरेको यो सकारात्म कार्यको सही कार्यान्वय हुनका लागि ठोस पहल गर्नु पर्ने उनले बताइन्। उता गत आर्थिक वर्ष ५ सय १० जना दलितको नाममा जग्गा पास भएको छ। दलितले जग्गा किन्दा रजिस्ट्रेशनको ५० प्रतिशत छुट पाउने प्रावधान छ। त्यस वापत दलितहरुले २९ लाख ८४ हजार ७०५ रुपैयाँ छुट सुविधा पाएका हुन्। ७० वर्ष नाघेका ५२ ज्येष्ठ नागरिको नाममा समेत जग्गा पास भएको छ।

त्यस वापत २५ प्रतिशत छुप पाएका हुन्। जुन १ लाख ७ हजार ५४० रुपैयाँ रहेको छ। १५ जना नाबालकको नाममा समेृत जग्गा पास भएको छ। जसबाट २५ प्रतिशत छुट सहुलियत पाएका हुन्। त्यस वापत उनीहरुले ५ लाख ४२ हजार ४५ रुपैयाँ छुट पाएका छन्। अन्य ३० जनाले ३८ लाख १० हजार ३२५ रुपैयाँ छुट पाएका छन्।

उता गत आर्थिक वर्ष कुल १९ हजार १६ लिखत पास भएका छन्। भुमीसुधार तथा मालपोत कार्यालयमा गत आर्थिक वर्ष कुल २१ करोड ८१ लाख २३ हजार ४८७ रुपैयाँ ५० पैसा राजस्व संकलन भएको छ। पुँजीगत लाभकर भने ४ करोड १७ लाख ९३ हजार ४०४ रुपैयाँ उठेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

fifa हत्याको आरोपमा आठ पक्राउ

रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रशासकीय अधिकृतसहित तीनजा घुससहित पक्राउ

आज रामनवमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

आज रामनवमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

काँग्रेस महाधिवेशन : प्रतिनिधि हारे पनि माथिल्लो तहमा उम्मेदवार हुन पाउने

मन्त्रीहरूको नाम टुङ्गो लगाउन कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

एसईई परीक्षामा जापानबाट १४ जना परीक्षार्थी सहभागी हुने

एसईई परीक्षामा जापानबाट १४ जना परीक्षार्थी सहभागी हुने

‘बालविवाह अन्त्य गर्न तीनै तहका सरकारबीच समन्वय हुनुपर्छ’

‘बालविवाह अन्त्य गर्न तीनै तहका सरकारबीच समन्वय हुनुपर्छ’

भारतमा कोरोना संक्रमण बढ्दा पनि नाकामा बेवास्ता

भारतमा कोरोना संक्रमण बढ्दा पनि नाकामा बेवास्ता

भर्खरै प्रकाशित

fifa हत्याको आरोपमा आठ पक्राउ

रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रशासकीय अधिकृतसहित तीनजा घुससहित पक्राउ

आज रामनवमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

आज रामनवमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

काँग्रेस महाधिवेशन : प्रतिनिधि हारे पनि माथिल्लो तहमा उम्मेदवार हुन पाउने

मन्त्रीहरूको नाम टुङ्गो लगाउन कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

एसईई परीक्षामा जापानबाट १४ जना परीक्षार्थी सहभागी हुने

एसईई परीक्षामा जापानबाट १४ जना परीक्षार्थी सहभागी हुने

fifa हत्याको आरोपमा आठ पक्राउ

fifa हत्याको आरोपमा आठ पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि