Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्रभावशाली नेताहरूको दल अदलबदलपछि कस्तो होला कपिलवस्तुको चुनाव


प्रभावशाली नेताहरूको दल अदलबदलपछि कस्तो होला कपिलवस्तुको चुनाव

कपिलवस्तुका राजनीतिक दलहरू स्थानीय निर्वाचनको समीक्षा सकेर आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनतर्फ केन्द्रित हुन थालेका छन् । यसपटक पनि चर्चित नेताहरूबीच नै कपिलवस्तुमा प्रतिस्पर्धा हुने देखिन्छ ।
प्रतिनिधि सभातर्फ ३ र प्रदेश सभातर्फ ६ निर्वाचन क्षेत्र रहेको जिल्ला हो कपिलवस्तु । जिल्लाले हरेक निर्वाचनमा नयाँ नतिजा दिने गर्छ । निर्वाचन आगामी मंसिर वा फागुनमा हुने प्रधानमन्त्री शेरबहादुर देउवाले बताइसकेका छन् । कांग्रेसले आगामी निर्वाचनमा गठबन्धन दलहरूबीच तालमेल गरेर जाने निर्णय गरिसकेको छ ।
विक्रम संवत् २०७४ सालको निर्वाचनमा १ नम्बर क्षेत्रबाट नेकपा माओवादी केन्द्रका चक्रपाणि खनाल ‘बलदेव’, २ नम्बर क्षेत्रबाट तत्कालीन स्वतन्त्र ९हाल एमाले० वृजेश गुप्ता र ३ नम्बर क्षेत्रबाट कांग्रेसका अभिषेक प्रताप शाहले निर्वाचन जितेका थिए । अहिले संघीय संसद्मा जिल्लाबाट प्रत्यक्ष र समानुपातिक गरी ५ सांसदको प्रतिनिधित्व छ ।

१ नम्बर क्षेत्रबाट माओवादी केन्द्रका चक्रपाणि खनाल ‘बलदेव’ २९ हजार ७९९ मतका साथ विजयी हुँदा उनका प्रतिस्पर्धी कांग्रेसका प्रभावशाली नेता दीपकुमार उपाध्यायले २८ हजार ८५३ मत ल्याएकाले फेरि दुवै ‘हेभीवेट’ नेताको प्रतिस्पर्धा हुने चर्चा छ ।

पूर्व राजदूत उपाध्याय कांग्रेसका प्रभावशाली नेता मानिन्छन् । उनले २०३० सालमा तत्कालीन हथौसा गाउँ प्रधानपञ्च निर्वाचित भई राजनीतिक यात्रा शुरू गरेका थिए ।

२०४६ सालमा कांग्रेस प्रवेश गरेका उनी २०४८ र २०५१ सालको संसदीय निर्वाचनमा कपिलवस्तु–२ बाट विजयी भएका थिए ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचन जितेका उपाध्याय पटक–पटक मन्त्री भइसकेका व्यक्ति हुन् ।

माओवादीका खनाल तत्कालीन जनमुक्ति सेनाका डेपुटी कमाण्डर हुन् । जिल्लामा खनाल निडर, सहयोगी र व्यावहारिक नेता मानिन्छन् ।

कांग्रेसबाट अर्का नेता अतहर कमालको पनि चर्चा छ । १ नम्बर क्षेत्र जिल्लाको दक्षिणी क्षेत्र हो । मधेशी समुदाय बाहुल रहेको क्षेत्रमा एमालेबाट प्रदेश सांसद विष्णु पन्थी र पूर्व सांसद बलराम अधिकारीको चर्चा छ । पन्थीले पार्टीले अगाडि सारे आफू यसपटक संघीय निर्वाचन लड्ने तयारीमा जुटेको बताए ।

१ नम्बर क्षेत्रबाट गत निर्वाचनमा प्रदेशसभा (१) बाट एमालेका पन्थी २५ हजार ५२७ मतका साथ विजयी हुँदा कांग्रेसका पुरन चौधरीले १६ हजार ६८३ मत ल्याएका थिए । प्रदेशसभा १(२) बाट तत्कालीन संघीय समाजवादी फोरमका सहस्रराम यादव ७ हजार ३९८ मतका साथ विजयी हुँदा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका मधुसुदन शरण चौधरीले ६ हजार ६४ मत ल्याएका थिए । यादव अहिले लुम्बिनी प्रदेशमा भौतिक पूर्वाधार तथा विकास मन्त्री छन् ।

यसपटक कपिलवस्तुको २ नम्बर क्षेत्रमा एमालेबाट वृजेशकुमार गुप्ता चुनाव लड्ने तयारीमा छन् । यसअघि २०७४ सालमा हृदयेश त्रिपाठीको स्वतन्त्र राजनीति समूहमा रहेर पनि सूर्य चिह्न लिएर चुनाव लडेर जितेका उनी अहिले एमालेमा छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले चैत १४ गते एमालेमा भित्र्याएका थिए ।

उनी कपिलवस्तुबाट लगातार ४ पटक जितेका नेता हुन् । गत निर्वाचनमा उनले कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री सुरेद्रराज आचार्यलाई पराजित गरेका थिए । गुप्ता ३५ हजार १२७ मतका साथ विजयी हुँदा आचार्यले ३१ हजार ५६६ मत ल्याएका थिए । यसपटक क्षेत्र नम्बर २ मा कांग्रेसबाट आचार्य नै प्रमुख दाबेदार रहेको कांग्रेस नेताहरू बताउँछन् । त्यस्तै पूर्वमन्त्री दीपकुमार उपाध्यायका छोरा आशिष उपाध्याय पनि आकांक्षी रहेको बताइन्छ । यदि तालमेल भएर क्षेत्र नम्बर १ कांग्रेसले माओवादीलाई छाडनुपर्ने अवस्था आए क्षेत्र नम्बरबाट कांग्रेसले दीपकुमारका छोरा आशिष उपाध्यायलाई अगाडि सानुपर्ने केही नेताहरू बताउँछन् ।

एमालेले यहीँ क्षेत्रमा टिकट दिने गरी गुप्तालाई भित्र्याएको हो । गुप्ताले २०५६, २०६४, २०७० र २०७४ सालको निर्वाचन जितेर जिल्लामा एकछत्र दबदबा कायम राखेका छन् । एमालेबाट गुप्तासँगै पूर्व सांसद बलराम अधिकारीले पनि लबिङ गरिरहेका छन् तर गुप्तालाई नै प्रतिनिधि सभामा अगाडि सारेर अधिकारीलाई प्रदेश सभामा पठाउने एमालेको तयारी देखिन्छ ।

गत निर्वाचनमा कपिलवस्तु प्रदेशसभा २(१) मा एमालेका दृगनारायण पाण्डेय १९ हजार २४४ मतका साथ विजयी हुँदा कांग्रेसका जवाहरलाल चौधरीले १७ हजार ६६ ल्याएका थिए । पाण्डेय प्रदेशसभाका पदमुक्त सांसद हुन् । प्रदेशसभा २(२) मा सूर्य चिह्न लिएर उम्मेदवार बनेका धर्मबहादुर लाल श्रीवास्तव १० हजार ४३६ मतका साथ विजयी हुँदा कांग्रेसका सुधाकर पाण्डेयले १० हजार ५० मत ल्याएका थिए । श्रीवास्तव पनि अहिले एमालेमा प्रवेश गरेका छन् । उनी लुम्बिनी प्रदेशका पूर्व मन्त्री पनि हुन् ।

३ नम्बर क्षेत्रमा कांग्रेसबाट अभिषेकप्रताप साह आकांक्षी छन् । उनले तत्कालीन संघीय समाजवादी फोरम ९हाल जसपा० का मंगलप्रसाद गुप्तालाई पराजित गरेका थिए । साहले १९ हजार ८६४ मतका साथ विजयी हुँदा गुप्ताले १५ हजार ७९४ मत ल्याएका थिए । मंगल गुप्ता वृजेशसँगै एमालेमा प्रवेश गरेका हुन् ।

कांग्रेसबाट प्रदेश संसदीय दलका नेता वीरेन्द्र कनोडिया पनि आकांक्षी छन् । एमालेले गुप्तालाई अगाडि सार्ने देखिन्छ । गुप्ता एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य समेत हुन् ।

प्रदेशसभा ३(१) मा अर्जुनकुमार केसी ९ हजार ४३ मतका साथ विजयी हुँदा राजपाका रविदत्त मिश्रले ८ हजार १९७ मत ल्याएका थिए । प्रदेशसभा ३(२) मा कांग्रेसका वीरेन्द्रकुमार कनोडिया ६ हजार ६७९ मतका साथ विजयी हुँदा जाबेद आलम खाँले ६ हजार ३७ ल्याएका थिए ।

कांग्रेस कपिलवस्तुका सभापति अब्दुल कलामले जिल्लामा कांग्रेस मजबुत भए पनि आन्तरिक समस्या धेरै हुँदा निर्वाचनमा सोचेजस्तो परिणाम नआएको बताए । ‘जिल्लामा कांग्रेस कमजोर छैन तर कमजोरी छ । त्यसैले आउँदो निर्वाचनमा पनि गठबन्धन गरेर गएमा हितकर हुने म देख्छु, हेरम केन्द्रबाट के आउँछ कुरा,’ सभापति कलामले भने । स्थानीय निर्वाचनमा १० पालिकामध्ये ४ वटा कांग्रेसले जितेको छ ।

एमाले कपिलवस्तुका नेता विष्णु पन्थीले स्थानीय निर्वाचन समीक्षासँगै पार्टी संघीय निर्वाचनतर्फ केन्द्रित भएको बताए । पन्थीले जिल्लाका १ र २ नम्बर क्षेत्रमा मजबुत भए पनि ३ नम्बर क्षेत्रमा पार्टीको अवस्था कमजोर रहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

fifa हत्याको आरोपमा आठ पक्राउ

रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रशासकीय अधिकृतसहित तीनजा घुससहित पक्राउ

आज रामनवमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

आज रामनवमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

काँग्रेस महाधिवेशन : प्रतिनिधि हारे पनि माथिल्लो तहमा उम्मेदवार हुन पाउने

मन्त्रीहरूको नाम टुङ्गो लगाउन कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

एसईई परीक्षामा जापानबाट १४ जना परीक्षार्थी सहभागी हुने

एसईई परीक्षामा जापानबाट १४ जना परीक्षार्थी सहभागी हुने

मन्त्रीको नाम तयार छ, प्रधानमन्त्रीको जवाफ कुर्दै छौँ: एकीकृत समाजवादी

मन्त्रीको नाम तयार छ, प्रधानमन्त्रीको जवाफ कुर्दै छौँ: एकीकृत समाजवादी

सबै तहका सरकारसँग दोहोरो समन्वय आवश्यक: मन्त्री मोदी

सबै तहका सरकारसँग दोहोरो समन्वय आवश्यक: मन्त्री मोदी

भर्खरै प्रकाशित

fifa हत्याको आरोपमा आठ पक्राउ

रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रशासकीय अधिकृतसहित तीनजा घुससहित पक्राउ

आज रामनवमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

आज रामनवमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

काँग्रेस महाधिवेशन : प्रतिनिधि हारे पनि माथिल्लो तहमा उम्मेदवार हुन पाउने

मन्त्रीहरूको नाम टुङ्गो लगाउन कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

एसईई परीक्षामा जापानबाट १४ जना परीक्षार्थी सहभागी हुने

एसईई परीक्षामा जापानबाट १४ जना परीक्षार्थी सहभागी हुने

fifa हत्याको आरोपमा आठ पक्राउ

fifa हत्याको आरोपमा आठ पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि