पुर्वी नवलपरासि दाउन्ने पहाडको पूर्व तर्फ ओरालोमा एक यात्रु बाहक बस अनियन्त्रीत भई दुर्घटना हुदा तिन दर्जन यात्रु घाइते भएका छन् । कन्चनपुरबाट काठमाण्डौको लागि प्रस्थान गरेको ना ५ ख ५१०० न. को यात्रु बाहक बस दाउन्नेको रमाइलो खोलामा पल्टिदा बसमा सवार सबै यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यलय नवलपुरका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिनुभएको छ ।
दुर्घट्नामा परेका यात्रुहरुलाई जिल्ला अन्तर्गतको मध्यबिन्दु अस्पताल कावसोतिमा उपचार भइरहेको छ भने सख्त घाइतेहरु ४ ब्यक्तिलाई थप उपचारको लागि भरतपुर स्थित पुरानो मेडिकल कलेजमा पठाइएको प्रहरीले बताएको छ । दाउन्नेको ओरालोमा बस दुर्घटना भए लगतै इलाका प्रहरी कार्यलय दुम्कीबासका प्रहरी जनशक्तिघटनास्थलमा पुगि घाइतेहरुलाई एम्बुलेन्स र अन्य सवारी साधनको ब्यवस्था मिलाई उपचारको लागि पठाइएको प्रहरीले जानकारी दिएको छ । दाउन्नेको ओरालोमा बस अनियन्त्रीत भई पल्टीए लगतै बसमा आगो लागेको प्रत्यक्ष दर्शीले बताएका छन। दुर्घटना ग्रस्त बसमा आगो किन र कसरी लागेको हो ? यो अनुसन्धानको विषय बनेको छ। आगलागिबाट कुनै पनि मानबिय क्षति नभएको पनि जानकारीमा आएको छ ।