पश्चिम नवलपरासीको बर्दघाट ४ बर्दघाटमा अवस्थित बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता सँस्थाले आफ्नो समाजिक उत्तरदायित्व अन्र्तगत सरसफाई सामाग्री वितरणका साथै राय सल्लाह सुझाव समेत लिएको छ । बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता सँस्था बर्दघाट ४ अन्तर्गत रहेको खानेपानी सुरक्षा योजना समितिको आयोजनामा शनिबार दिब्यनगर टोल विकास सँस्था र शान्तिनगर टोल विकस सस्था भित्र बर्दघाट ४ का आफ्ना सेवाग्राही लगाएत टोल विकास सस्थालाई सरसफाई सामाग्री वितरण गरिनुका साथै खानेपानी र सरसफाई सम्बन्धी राय, सल्लाह सुझाव लिएको हो ।
सस्थाद्धारा गठित खानेपानी सुरक्षा योजना समितिका समयोजक एवं सस्थाका उपाध्यक्ष दिपक लम्सालको अध्यक्षता तथा सस्थाका पुर्व अध्यक्ष एवं सल्लाहकार समयोजक कमानसिँह थापाको प्रमुख आतिथ्यतामा एवं सस्थाका अध्यक्ष धातानन्द बस्यालको विशेष आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि थापाले बर्दघाट खानेपानी सँस्थाले वडा नम्बर ४ का करिव ४ हजार घरधुरीलाई २४ सै घण्टा शुद्ध पिउने पानी उपलब्ध गराउदै आएकोमा खुसी ब्यक्त गर्दै उहाँले खानेपानी सँचालन र वितरण प्रणालीमा सँस्थाको दायित्व मात्र नभइ स्थानियको पनि उत्तिकै दायित्व रहने र खानेपानी र सरसफाई एक अर्कामा परिपुरक रहेकोले स्थानीयहरुले आफ्नो टोल र क्षेत्रको सरसफाई विशेष ध्यान दिनुपर्ने बताउनुभएको थियो ।
सो अवसरमा विशेष अतिथि बस्यालले सस्थाले आफ्नो कार्य क्षेत्र विस्तार गर्ने लक्ष्यका साथ काम गरिरहेको र आफ्नो कार्य क्षेत्र भित्र एक घर एक धाराको लक्ष्यलाई पुरा गर्न विभिन्न योजनाहरु ल्याएको बताउदै खानेपानी वितरणमा समस्या हुन नदिन बाढिपिडितमा समेत बोरिंग गरि टंकीको निर्माण कार्यलाई अगाडी बढाएको र कार्य अन्तिम चरणमा रहेको बताउनुभयो । सो अवसरमा दिब्यनगर टोल विकास सस्थाका अध्यक्ष भिम बहादुर राना, शान्तिनगर टोल विकास सस्थाका अध्यक्ष होम बहादुर राना, माक साना किसान कृषी सहकारी सस्थाका कार्यबाहक अध्यक्ष मधु रायमाझि, दिब्यनगर युवा क्लबका अध्यक्ष श्याम राना, लगाएतले ब्यक्तिगत र सामुदायिक सरसफाईको बारेमा मन्तब्य राख्नुभएको थियो भने हात धुने तरिका र कोभिड महामारी बाट सतर्क रहन तथा सरसफाई र खानेपानीको उपयोगिताबारे स्वास्थ्य क्षेत्रबाट प्रतिनिधित्व गरेका खानेपानी सुरक्षा योजना समिति सदस्य स्वास्थ्यकर्मी कृष्णहरि पौडेलले सहजिकरण गर्नुभएको थियो भने सस्थाको प्रसासनिक र अन्य गतिविधीबारे सस्थाका ब्यवस्थापक विष्नु कुंवर भुसालले जानकारी गराउनुभएको थियो ।
सो अवसरमा दुबै टोल विकास सस्थालाई बेल्चा, कोदालो, झाडु, ठेलागाडा र होडिंग बोर्ड वितरण गरिएको थियो भने उपस्थित सेवाग्राहीलाई स्वास्थ्य समाग्री अन्र्तगत साबुन र मास्क वितरण समेत वितरण गरिएको थियो । सो अवसरमा द्ुबै टोल विकास सस्थाका उपभोक्ता, विभिन्न संघ संस्थाका प्रतिनिधि,संचारकर्मि ,सस्थाका कार्यसमिति, खानेपानी सुरक्षा योजना समिति संस्थाका कर्मचारी लगाएतको उपस्थिती रहेको थियो । खानेपानी सुरक्षा योजना समिति सदस्य गिता शर्माको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सँस्थाका कार्यसमिति सचिब होमबहादुर गुरmङले गर्नुभएको थियो ।