साझा न्यूज । तौलिहवा
नेपाल आयुर्वेद औषधि व्यवसायी संघ कपिलबस्तुको दोस्रो साधारण सभा तथा अधिबेशन सम्पन्न भएको छ । कपिलबस्तुको जितपुरमा शनिबार भएको अधिबेशनबाट गोपाल बन्जाडेको अध्यक्षतामा सात सदस्यीय कार्य समिति चयन गरेको हो ।
जसको उपाध्यक्षमा मतिराज घिमिरे, कोषाध्यक्षमा शान्ता भण्डारी, सचिवमा शान्त राज गैरे, सदस्यमा दिनेश चौधरी, सुरेन्द्र प्रसाद पाण्डे र बैठकबाट एक जना सदस्यलाई मनोयन गर्ने बताइएको छ । त्यस्तै सल्लाहकार समितिमा मोहन गौतम, दिपक पन्थी, र नाथुराम चौधरी रहनु भएको छ ।
सो अवसरमा बोल्दै लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर पुष्पराज पौडेलले आयुर्वेदको माध्यमबाट जनतालाई स्वास्थ्यकर्मीहरुले सेवा दिदै आइ रहेको र आउने दिनमा पनि उच्च मनोबलका साथ सेवा दिनु पर्ने बताउनुभयो । जनमानसमा आयुर्वेद प्रति विश्वास जगाउने कुरमा सचेत हुदै कार्य गर्नु पर्ने उहाँले बताउनुभयो ।