पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको रुपौलियामा एक स्वतन्त्र उम्मेदवारले प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारीको घोषणा गरेका छन। आउदो मङ्सिर ४ गते हुने निर्वाचनमा पश्चिम नवलपरासी संघिय क्षेत्र न. १ बाट स्वतन्त्र उम्मेदवार महेन्द्र सेन ठकुरीले घोषणा सभा मार्फत आफ्नो उम्मेदवारीको घोषणा गरेका हुन।
स्वतन्त्र उम्मेदवार शाहीले सुशासन कायम गर्ने तथा विकृती,विसङ्गती र भ्रष्टाचार विरुद्धमा आफ्नो उम्मेदवारी रहने उदघोष गरेका थिए। उनलेे नेपालको ठूला राजनिती दल असफल रहेको दाबी गर्दै अब नयाँ सोच र उत्साहका साथ उम्मेदवारीको घोषणा गरिएको बताएका थिए। गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारले संतोषजनक नतिजा ल्याएको सन्दर्भ उल्लेख गर्दै शाहीले अब नेपाली जनता स्वतन्त्र उम्मेदवारको पक्षमा रहेको पनि घोषणा सभा मार्फत सार्वजनिक गरेका थिए। सो अवसरमा रा.प्र.पा. का पुर्व केन्द्रिय सदस्य गितादेवी चौधरी, ने.क.पा. मालेका पुर्व केन्द्रिय सदस्य भरत पाण्डे, टोपबहादुर सिंह ठकुरी, चिरञ्जीवी न्यौपाने लगायतले पनि घोषणा सभामा आफ्ना भनाइ राख्नुभएको थियो। घोषणा सभामा प्रतापपुर,सुस्ता गाउँपालिकाबाट ठुलो सङ्ख्यामा युवायुवतीहरुको सहभागिता रहेको कार्यक्रम सञ्चालक रामकृष्ण न्यौपानेले जानकारी दिएका छन।