Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

विधायन समितिबाट नागरिकता विधेयक २०७९ बहुमतले पारित

Author Avatar साझा न्यूज 31st August 2022 , 6:56 PM
विधायन समितिबाट नागरिकता विधेयक २०७९ बहुमतले पारित

sf7df8f}F, !% ebf} . u[xdGqL afns[i0f vfF0f /fli6«o ;ef, ljwfog Joj:yfkg ;ldltsf] a'waf/ l;+xb/af/df a;]sf] a}7sdf ;xefuL x'Fb} . tl:a/ M /Tg >]i7, /f;;

काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको आज बसेको बैठकले नागरिकता विधेयक २०७९ लाई बहुमतले पारित गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देश सहित पुनर्विचारका लागि संसदमा फिर्ता पठाइएको नागरिकता विधेयक माथिको छलफलपछि विधायन समितिको आजको बैठकले प्रस्तुत रुपमा नै विधेयकलाई बहुमतले पारित गरेको हो ।

सरकारले अगाडि बढाएको नागरिकता विधेयक २०७९ लाई समितिको आजको बैठकमा समितिका सभापति नारायणदत्त मिश्रले निर्णयार्थ प्रस्तुत गर्दा समितिको बैठकले बहुमतले सो विधेयकलाई प्रस्तुत रुपमा नै पारित गरेको हो ।

विधेयकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरु सहित केही सांसदले भने फरक मत राख्नुभएको थियो ।

विधेयक माथिको छलफलमा भाग लिँदै अधिकांश सांसदहरुले नागरिकता विहीन नेपाली नागरिकलाई नागरिकता प्रदान गर्न यो विधेयक ल्याइएकाले समयलाई मध्यनजर गर्दै विधेयकलाई छिटो भन्दा छिटो टुङ्गोमा पुर्‍याउनुपर्नेमा जोड दिनुभयो ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले वैवाहिक अङ्गीकृतका सम्बन्धमा समयसीमा तोकेर अगाडि बढ्नुपर्ने, नेपाली महिलासँग विवाह गर्ने विदेशी पुरुषले चाहेमा नेपालको नागरिकता पाउनुपर्ने, विधेयकमा आमाको नाममा नागरिकता लिँदा आमाले बाबुको ठेगान नभएको स्वघोषणा गर्नुपर्ने व्यवस्था हटाउनुपर्ने लगायतका माग राख्नुभयो ।

विधायन व्यवस्थापन समितिको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधेयकमाथि थप छलफल गर्ने पर्याप्त समय नभएकाले संशोधनतर्फ लाग्न नसकिने धारणा राख्दै नेपाली भएर पनि अनागरिकका रुपमा बाँच्न बाध्य त्यस्ता नेपालीका लागि विधेयक चाँडो कार्यान्वयनमा ल्याउनुपर्ने खाँचो रहेको बताउनुभयो ।

गृहमन्त्री खाँणले सरकारले प्रादेशिक पहिचान सहित नागरिकता दिने र स्वघोषणाका सम्बन्धमा महिलाको सामाजिक प्रतिष्ठामा आँच आउन नदिने गरी कार्यविधि बनाउने उल्लेख गर्दै वैवाहिक अङ्गीकृतको समय अवधिका सम्बन्धमा पछि छलफल गरेर पनि सहमतिका साथ अगाडि बढ्न सकिने बताउनुभयो ।

गृहमन्त्री खाँणले नेपाली महिलासँग विवाह गर्ने विदेशी पुरुषलाई नागरिकता दिने सवालमा भने नेपालको वर्तमान संविधानले व्यवस्था नगरेकाले संविधान संशोधन गरेर मात्रै अगाडि बढ्न सकिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज