Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

शहरी क्षेत्रको जनसङ्ख्या बृद्धि


शहरी क्षेत्रको जनसङ्ख्या बृद्धि

नेपालको शहरी क्षेत्रको जनसङ्ख्या ६६।०८ प्रतिशत पुगेको छ । जनगणना २०७८ को प्रारम्भिक तथ्याङ्क अनुसार शहरी क्षेत्रमा बसोवास गर्नेको जनसङ्ख्या २०६८ को जनगणनाको परिणामभन्दा बढेको शहरी विकास मन्त्रालयका सहसचिव रामचन्द्र दङ्गालले जानकारी दिनुभयो । २०६८ सालमा शहरी क्षेत्रको जनसङ्ख्या ६३.१९ प्रतिशत थियो । त्यसबेला ग्रामीण भेगको जनसङ्ख्या ३६.८१ प्रतिशत थियो ।

संयुक्त राष्ट्र सङ्घीय मानव बसोवास कार्यक्रम ९यूएन ह्याविट्याट० ले यसै महिना प्रकाशित गरेको विश्व शहरी प्रतिवेदन २०२२ मा उल्लेख भए अनुसार शहरीकरणको प्रक्रिया विकसित राष्ट्रमा धेरै देखिएको छ । ती देशमा कुल जनसङ्ख्याको ७९ प्रतिशत मानिस शहरी क्षेत्रमा बस्दछन् ।

यो दरले निरन्तरता पाए विकसित देशमा सन् २०५० सम्म शहरी क्षेत्रको जनसङ्ख्या ८७ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । सन् २०२० देखि २०२५ सम्म विकसित देशको जनसङ्ख्या वृद्धिदर ०.४६ प्रतिशत रहने अनुमान पनि प्रतिवेदनमा गरिएको छ । सन् २०३० देखि २०३५ भित्र विकसित देशमा शहरी क्षेत्रको जनसङ्ख्या ०.४० प्रतिशत पुग्ने पनि जनाइएको छ ।

अक्टोबर महिनाको पहिलो सोमबार मनाइने विश्व बसोवास दिवसका अवसरमा कार्यक्रमले यस्तो प्रतिवेदन सार्वजनिक गर्ने गरेको हो । संयुक्त राष्ट्र सङ्घीय मानव बसोवास कार्यक्रम (यूएन ह्याविट्याट)को आह्वानमा सबैका लागि उपयुक्त आवास सुनिश्चित गर्दै दिगो शहरी विकास प्रवद्र्धन गर्ने मूल उद्देश्यले विश्वव्यापी रुपमा यो दिवस मनाउन थालिएको हो । राष्ट्र सङ्घले सन् १९८६ देखि अक्टोबर महिनाको पहिलो सोमबार यो दिवस मनाउन थालेको थियो ।

नेपालमा पनि सन् २००१ देखि यो दिवस मनाइन्छ । अक्टोबर महिनाको पहिलो सोमबार बडा दशैँको महाअष्टमी परेकाले आज तेस्रो सोमबार ‘समावेशी शहरबस्तीको आवश्यकता  सबैको साझा प्रतिबद्धता’ भन्ने नाराका साथ नेपालमा विश्व बसोवास दिवस २०७९ विविध कार्यक्रम आयोजना गरी मनाउन लागिएको पनि मन्त्रालयले जनाएको छ ।

दिगो विकास लक्ष्यको लक्ष्य १.१ ले समावेशी तथा दिगो शहरीकरण गर्ने लक्ष्य लिएको छ । दिवसका अवसरमा आज विज्ञले कार्यपत्र प्रस्तुत गर्ने गरी कार्यशाला गोष्ठी आयोजना गरिएको उनले जानकारी दिए। कार्यक्रममा व्यवस्थित शहरी विकास, स्मार्ट सिटीलगायत विषयमा कार्यपत्र प्रस्तुत गरी त्यसमाथि टिप्पणी हुने जनाइएको छ । कार्यक्रममा विभाग, काठमाडौँ उपत्यका विकास प्राधिकरण, इञ्जिनीयरिङ अध्ययन संस्थान, काठमााडौँ र ललितपुर महानगरपालिकाका तर्फबाट कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

यस अवसरमा आवास कम्पनी लिमिटेड, युएन ह्याविट्याट, नगर विकास कोष, विभिन्न नगरपालिकाले समेत विविध कार्यक्रम आयोजना गर्न लागेको शहरी विकास तथा भवन निर्मािण विभागले जनाएको छ । दिगो र वतावरण मैत्री शहरी विकासमा जोड दिँँदै विश्व बसोवास दिवसका कार्यक्रम गरिने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

अख्तियारको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

अख्तियारको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

कपिलवस्तु बहुमुखी क्याम्पस पुर्व बिद्यार्थी संगठनको अध्यक्षमा यादव

कपिलवस्तु बहुमुखी क्याम्पस पुर्व बिद्यार्थी संगठनको अध्यक्षमा यादव

अदालतले अभिनेता केसीलाई ३ दिन हिरासतमा राख्न दियो अनुमति

अदालतले अभिनेता केसीलाई ३ दिन हिरासतमा राख्न दियो अनुमति

सशस्त्रका प्रहरी सहायक हवल्दार घुससहित पक्राउ

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिवविरुद्ध मुद्दा दायर

३३ औ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस, ४० जेष्ठ नागरिकलाई सम्मान

३३ औ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस, ४० जेष्ठ नागरिकलाई सम्मान

पेट्रोलियम पदार्थको मूल्य घटाउने सत्ता गठबन्धनको निर्णय

पेट्रोलियम पदार्थको भाउ बढेको भोलिपल्टै फिर्ता लिन प्रधानमन्त्रीको निर्देशन

भर्खरै प्रकाशित

अख्तियारको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

अख्तियारको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

मनसुन लम्बिएपछि मौसम विज्ञानको चेतावनी : ‘धान नकाटौँ, काटेको भए भित्र्याइहालौँ’

मनसुन लम्बिएपछि मौसम विज्ञानको चेतावनी : ‘धान नकाटौँ, काटेको भए भित्र्याइहालौँ’

Бонусы казино Pin Up за сентябрь 2023 бездепозитный за регистрацию, бонус коды на фриспины и промокоды от casino r

Pin up casino Пин ап казино вход на официальный сайт Зеркал

कपिलवस्तु बहुमुखी क्याम्पस पुर्व बिद्यार्थी संगठनको अध्यक्षमा यादव

कपिलवस्तु बहुमुखी क्याम्पस पुर्व बिद्यार्थी संगठनको अध्यक्षमा यादव

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज