Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

तिहार नजिकिएसँगै सयपत्री फूल टिप्ने चटारो

Author Avatar साझा न्यूज 17th October 2022 , 1:46 PM
तिहार नजिकिएसँगै सयपत्री फूल टिप्ने चटारो

तिहार नजिकिएसँगै भक्तपुरका पुष्प व्यवसायीलाई फूल टिप्ने चटारो परेको छ । नजिकिँदै आएको तिहारका लागि सयपत्री, गोदावरी र मखमली फूल टिप्ने तथा माला उनेर बाहिरी जिल्लामा पठाउन चटारो परेको हो । तिहार फूलको पर्व हो । भाइटीकामा मखमली फूलको माला अनिवार्य छ भने नेवार समुदायमा लक्ष्मी पूजा, म्हपूजाका लागि सयपत्री, गोदावरी अनिवार्य चाहिन्छ ।

लक्ष्मी पूजाको दिन घरको मूलढोका सजाउन होस् या पसल, कार्यालय, व्यावसायिकस्थल सिंगार्न तिहारमा सयपत्री फूलको माग उच्च हुने गर्दछ । मागअनुसार समयमै फूल पठाउनुपर्ने भएकाले अहिलेदेखि नै कामदार राखेर फूल टिप्ने गरेको भक्तपुरको चाँगुनारायण नगरपालिका–८ वागेश्वरीमा व्यावसायिक रुपमा पुष्पखेती गर्दै आएका युशव मताङ्गीले बताए ।

उनले भने– “गएको वर्षमा भन्दा यसपाली फूलको माग बढी छ, तिहार आउन हप्ता दिनमात्र बाँकी छ, मागअनुसार बजारमा फुल पठाउन सकेको छैन, यसपाली बेमौसमी वर्षाले फूलखेतीमा धेरै क्षति पुगेको छ, त्यही भएर उत्पादन भएका फुलहरू समयमै टिपेर माला उनेर काठमाडौँ पठाएको हो ।”

तिहारमा लक्ष्मी पूजाको दिन दिपावली गर्न घरको दैलो, झ्याल ढोका, कौशी, बरन्डालगायतका स्थानमा सयपत्री फूलको मालाले सजाएर दियो बाली झिलिमिली पार्ने परम्परा रहेको छ । तिहारमा नेवार समुदायले धनकी देवी लक्ष्मीको पूजा गर्दा लक्ष्मीलाई घरमा भित्र्याउन पालाको दियो राख्ने स्थानमा सयपत्री फूल, मखमली, गोदावरीलगायत पञ्चरङ्गीन फूलको टुक्रा, ताय, जुङ्गेधान र अबिर आसन राखेपछि मात्र दियो बाल्ने परम्परा रहेको छ ।

भक्तपुरको गुण्डु र ताथलीलाई मखमली, सयपत्री, गोदावरीलगायतका फूलको गाउँ भनिए पनि पछिल्लो समय भक्तपुरका चारै नगरपालिकामा व्यावसायिक रुपमा पुष्प व्यवसाय गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । केही वर्ष पहिला तिहारका लागि भक्तपुरको बजारमा गुन्डु र ताथलीबाट मात्र फूल बेच्नका लागि आउँथे । अहिले यी दुई ठाउँका मात्र सीमित नभएर चारै नपाका विभिन्न ठाउँबाट बजारमा फूल बेच्ने व्यवसायीले बजार ओगटेको अर्को व्यवसायी श्रीमाया वनमाला बताउँछिन् ।

पुख्र्यौली पेशा नै फूल व्यवसाय गर्दै आएका वनमालाले पछिल्लो समय तिहारमा आधुनिक फूलको मालाभन्दा सयपत्री फूलको मालाकै माग बढी रहेको बताइन् । तिहारमा प्लाष्टिक र कपडाका रङ्गीचङ्गी फूलभन्दा किसानले उत्पादन गरेका सयपत्री र गोदावरी फूलको प्रयोग अत्यधिक हुने भएकाले माग झन झन बढ्दै गएको वनमाला बताउँछिन् ।

“विभिन्न आधुनिक प्लाष्टिक र कपडाका रङ्गीन फूलभन्दा हामीले उत्पादन गरेका फूल चोखो, पवित्र र सुन्दर हुनुका साथै सुकेपछि यसलाई बिउका रुपमा पुनः प्रयोग गरी फूलको बोट उत्पादन गर्न मिल्ने भएकाले यसले बजार लिएको हो”, वनमालाले भनिन्  ।

भक्तपुरका पुष्प व्यवसायीले अहिले तिहारका लागि मात्र नभएर विभिन्न भोजभतेर, सेमिनार, पुष्प गुच्छा र विवाहमा गाडी सजाउन मिल्ने बाह्र महिना उत्पादन हुने जातका सयपत्री, गोदावरी, जरवेरा र कार्नेश फूलखेती गरेको देखिन्छ ।

भक्तपुरमा उत्पादन गरिएका फूल यहाँका बजारमा मात्र सीमित नभएर काठमाडौँका थोक व्यापारीलाई बिक्री गर्ने र त्यहीँबाट सहरका विभिन्न स्थानमा बिक्रीका लागि जाने गरेको छ । त्यसैगरी यहाँ उत्पादन गरेका अधिकांश सयपत्री फूल पशुपतिमा पठाउने व्यवसायी बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

प्रहरी निरीक्षक दिपक कुँवर ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित

प्रहरी निरीक्षक दिपक कुँवर ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन हदैसम्म प्रयास गर्ने प्रतिबद्धता

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन हदैसम्म प्रयास गर्ने प्रतिबद्धता

नेपाल टेलिकमको सेवा गुणस्तर सुधार्न सञ्चार मन्त्री डा. तिमिल्सिनाको निर्देशन

नेपाल टेलिकमको सेवा गुणस्तर सुधार्न सञ्चार मन्त्री डा. तिमिल्सिनाको निर्देशन

एनपीएलको उपाधिका लागि फेरि लुम्बिनी र सुदूरपश्चिम भिड्ने

एनपीएलको उपाधिका लागि फेरि लुम्बिनी र सुदूरपश्चिम भिड्ने

सुनको मूल्य घट्यो, आज तोलामा कति?

आज एकैदिन १२ हजार २ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

पाल्पाको सत्यवती मेला आजदेखि सुरु

पाल्पाको सत्यवती मेला आजदेखि सुरु

भर्खरै प्रकाशित

प्रहरी निरीक्षक दिपक कुँवर ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित

प्रहरी निरीक्षक दिपक कुँवर ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन हदैसम्म प्रयास गर्ने प्रतिबद्धता

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन हदैसम्म प्रयास गर्ने प्रतिबद्धता

मधेशमा सरकार गठन अन्योलमा, समयसीमा थप्न तीन दलको आग्रह

मधेशमा सरकार गठन अन्योलमा, समयसीमा थप्न तीन दलको आग्रह

नेपाल टेलिकमको सेवा गुणस्तर सुधार्न सञ्चार मन्त्री डा. तिमिल्सिनाको निर्देशन

नेपाल टेलिकमको सेवा गुणस्तर सुधार्न सञ्चार मन्त्री डा. तिमिल्सिनाको निर्देशन

एनपीएलको उपाधिका लागि फेरि लुम्बिनी र सुदूरपश्चिम भिड्ने

एनपीएलको उपाधिका लागि फेरि लुम्बिनी र सुदूरपश्चिम भिड्ने

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज