Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आस्थाको पर्व छठ

Author Avatar साझा न्यूज 30th October 2022 , 9:52 PM
आस्थाको पर्व छठ

बशिष्ठ तिवारी
भगवान् सुर्यलाई साश्त्रमा जगतको आत्मा भनिएकोले छठ पर्वलाई आस्थाको पर्वको रुपमा मनाउने गरेको पाईन्छ । कार्तिक शुक्ल प्रतिपदाको तिथि लाई छठ पर्व भनिन्छ जुन षष्ठी का अपभ्रंश हो । यस दिन भगवान सूर्य एवं उनको बहिनी अर्थात् माता उषाको भक्ति भावनाको साथ महिलाहरुले सन्तानको दिर्घायुको लागि ३६ घण्टा निर्जला व्रत गरि कठोर उपासन गर्ने परम्परा रहेको छ । कार्तिक मासको अमावस्या को दिपावली मनाएको ६ दिन पश्चात् कार्तिक शुक्ल षष्ठीकै दिन छठ मनाउने भएकोले यस दिन लाई छठ भन्ने चलन रहेको छ ।
यो चार दिनको पर्व हो र यस पर्वलाई प्रकृतिको उपासनाको रुपमा मनाउने भएकोले यस पर्वमा सर सफाईलाई बिशेष महत्व दिने गरिन्छ । यस पर्वमा गल्तिको लागि कुनै स्थान समेत रहेको पाइदैन किनभने त्रुटि रहित ढंगले यो पर्ब समापन गरेमा बढि पुण्य पाइने जनविश्वास रहेको छ । यस पर्वको अनुष्ठानको नियम शख्त भएको हुनाले यस पर्वलाई संसार भर महापर्वको रुपमा सनातन धर्मावलम्बीहरुले मनाउने गरेको पाइन्छ ।
को हुन छठी मइया ?
मान्यता अनुसार छठ देवी सूर्य देव को बहिनी उषा हुन एवं उनै लाई प्रसन्न गर्नको लागि जीवनको महत्वपूर्ण अवयवमा सूर्य व जल लाई सम्मान दिँदै इनैलाई साक्षी मानेर भगवान सूर्यको आराधना तथा उनलाई धन्यवाद स्वरुप कुनै नजिकि जलकुप, पोखरी, तलाउ व नदीमा पूजा पाठ गर्ने गरिन्छ । षष्ठी माता यानि बच्चाहरुको स्वास्थ्य तथा दिर्घायुको देवि जसले बच्चाहरुको जीवनको रक्षा निरन्तर गर्नै गर्छिन ।
मार्कण्डेय पुराणमा भएको उल्लेख अनुसार सृष्टकिो अधष्ठिात्री प्रकृति देवीले आफूलाई ६ भागमा विभाजित गरेकोले इनको छैठो अंशलाई सर्वश्रेष्ठ मातृ देवीको रूपा मनाउने प्रचलन रहेको छ , जो ब्रह्माको मानस पुत्री समेत हुन । इनै देविलाई नवरात्रीको छैठौंदिन अर्थात् षष्ठी तिथिमा देवि कात्यायिनीको रुपमा पुजिने गरिन्छ ।
छठ व्रत कथा
कथा अनुसार प्रियव्रत नामको एक राजा थिए उनको पत्नी का नाम मालिनी थियो। यि दम्पती अर्थात् राजा एवं रानी सन्तान बिहिन थिए । यस कारणले राजा, रानी तथा राज्यका जन्ता अत्यन्त दुखि थिए। उनिहरुले एक दिन संतान प्राप्तिको इच्छा राखेर महर्षि कश्यप द्वारा पुत्रेष्टि यज्ञ गराए । त्यस यज्ञको फलस्वरूप रानी गर्भवती भइन्। गर्भधारणको नौ महिना पश्चात् संतान सुख प्राप्त गर्ने समय आए पनि रानीलाई जीवितको सट्टा मृत सन्तान प्राप्त भयो ।
यो कुरो सुनेर राजा अत्यन्त दुखि भए । सन्तान शोकमा राजा अत्महत्या गर्ने योजना बनाए तर राजा आत्महत्या गर्ने प्रयास गर्न वितिकै उनको सामुन्ने एक सुन्दर देवि प्रकट भइन। उक्त देविले राजा लाई भनिन कि म षष्ठी देवि अर्थात् छठी मइया हो । म सवै प्राणीलाई पुत्र प्रदान गर्नै गर्दछु यदि तिमिले म प्रति समर्पित भएर श्रद्धा भक्तिको साथ मेरो पूजा गर्छौ भने अवश्य म तिम्रो इच्छा पुर्ण गर्नेछु । देविको परामर्श अनुसार राजा एवं रानीले पवित्रता पुर्वक कार्तिक शुक्ल षष्ठीको दिन ब्रत गरेको हुनाले पुत्र प्राप्ति भयो तबै देखि षष्ठी पूजा प्रारम्भ भएको मान्यता रहेको पाइन्छ ।
समग्रमा भन्दा यो पर्व मानवको लागि नांगो आँखाले देख्न सकिने देवता सुर्य देवताको उपासनाको पर्वको रुपमा मनाउने गरेको पाइन्छ । षष्ठीको दिन ब्रत वसेर बेलुका सूर्यास्तको समयमा तथा सप्तमीको दिन विहानै उदाउँदो सूर्यलाई अर्घ दिने चलन रहेको छ। विशेष गरि छठ पर्वको अवसरमा नदि तलाउ पोखरी लगायतका स्थानमा पहिले देखि सरसफाइ तथा वेदी वनाई पूजा स्थल हरेक उपासकले निर्धारण गर्ने चलन समेत रहेको पाइन्छ। यो पर्व सन्सार भर मनाए पनि नेपालको तराई क्षेत्र तथा भारको उत्तरी क्षेत्रमा निकै धुम धामको साथ मनाउने प्रचलन रहेको छ ।
भगावन सुर्यलाई चढाउने बस्तु जस्तै श्वेतपुष्प, चन्दन, सुपारी, चामल, दुध, केरा, उखु फलफूल तथा पकवान हरु हने गर्दछन। छठको अघिल्लो दिनलाई खर्ना भनिन्छ जुन दिन विभिन्न प्रकारका प्रसादहरु पकाउने तथा सुर्य भगवानलाई चढाउने गरिन्छ। भगवान् सूर्यको सम्मानमा कार्तिक शुक्ल षष्ठीको दिनलाई संसार भर उत्सवको रुपमा मनाए पनि भारतको उडिसा राज्यको पुरीको समिप कोणार्क तथा गयामा सूर्य मन्दिर छ जहाँ प्रतेक आईतबार व सूर्यको एक नाम रवि भएकोले रविवारको दिन विशुद्ध शाकाहार जीवन शैली बनाएरा ब्रत वसि सूर्य उपासना निरन्तर गर्ने गरेको पाइन्छ। त्यस्तै विहार, वंगाल तथा नेपालको तराई क्षेत्रमा कार्तिक मासको प्रत्येक आईतबार लाई बिशेष महत्व दिने गरिन्छ।
छठ पूजाको बिधि विधान
पहलो दिनः नहाये खाये
छठ पूजाको पहिलो दिन कार्तिक माहको शुक्ल पक्षको चतुर्थी तिथिको दिन मनाइन्छ जसलाई नहाय खायको नामले जानिन्छ। यस दिन व्रतीहरु स्नानादि पश्चात् नयाँ नयाँ बस्त्र धारण गरि शाकाहारी भोजन ग्रहण गर्दछन। नहाये खाये को दिन जुन व्यक्ति व्रत गर्दछ उक्त दिन बेलुका ब्रति पछि मात्रै त्यस घरमा अन्य व्यक्तिहरु भोजन गर्ने चलन रहेको छ ।
दोस्रो दिनः खरना
छठ पर्वको दोस्रो दिन लाई खरना को नामले जानिन्छ । यो दिन कार्तिक मासको शुक्ल पक्षको पंचमी तिथिको मनाइन्छ । यस दिन भक्तहरु द्वारा कठोर व्रतको पालन गरिन्छ किनभने खरना कै दिन जुन जातकको को व्रत हुन्छ त्यसले पूरै दिन अन्न एवं जलको सेवन गर्देन । संध्याकालमा चामल एवं गुड़ले खीर बनान्छ । साथै यस दिन चामलको पिठोमा घी लगाएरा रोटी को प्रसाद को रूपमा सबलाई बाडिन्छ।

तेस्रो दिनः संध्या अर्घ्य
छठ पूजाको तेस्रो दिन यानी कार्तिक मासको शुक्ल पक्षको षष्ठीको छठ पूजाको प्रमुख दिन मानिन्छ । यस दिन साझको समयमा भगवान सूर्यलाई अर्घ्य दिने परंपरा रहेकोछ एवं बाँसको टोकरी ÷डालोमा फल, ठेकुआ, चामलको लड्डू आदिले अर्घ्यको सूपलाई सजाइन्छ । त्यसपछि , व्रती आफ्नो परिवारको साथ मिलेर सूर्यदेवलाई अर्घ्य दिन्छन एवं यसै दिन अस्ताउँदो सूर्यको आराधना गरिन्छ।

चौथो दिनः उषा अर्घ्य
छठ पूजाको चौथो एवं अंतिम दिन अर्थात कार्तिक माहको शुक्ल पक्षको सप्तमी तिथिमा उदाऊदो सूर्यलाई अर्घ् दिइन्छ । यस दिन भक्तजनहरु आफ्नो घर नजिकै स्थित नदी व तलाउ निर गएर घर–परिवारको सुख–शांतिको कामना गर्दै सुर्यलाई अर्घ्य दिइन्छ।
छठ पर्व मानव मात्रले सबको कल्याणको कामना स्वरुप प्रकृतिलाई सम्मान गर्ने पर्वको रुपमा रहेको छ ।यो पर्वलाई मुख्यतया आस्था एवं प्रकृतिको उपासनाको पर्वको रुपमा समेत चिनिने प्रचलन रहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

भर्खरै प्रकाशित

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज