Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कूटनीतिक मर्यादाको गरिमा

Author Avatar साझा न्यूज 27th March 2023 , 11:10 AM
कूटनीतिक मर्यादाको गरिमा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस १० गते आफ्नै अगुवाइमा बनेको वर्तमान सरकारका विषयमा फागुन २० गते गैरराजनीतिक टिप्पणी गर्नुभयो । मुस्ताङमा बौद्ध कलेज स्थापनाको विषयलाई लिएर उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनविरुद्ध गतिविधि गरेको आरोप लगाउनुभयो । दुई पटक मुलुकको प्रधानमन्त्री र देशको जिम्मेवार पार्टीको अध्यक्ष रहनुभएका ओलीको यो अभिव्यक्ति कूटनीतिक मर्यादाविपरीत पनि थियो । ओलीजस्तो राजनीतिक उचाइ भएको नेताबाट यस्तो अभिव्यक्ति अपेक्षित हुने कुरै भएन ।

संसद्को ठूलो दल नेपाली कांग्रेसलाई बाहिर राखेर ओलीले बनाएको नयाँ सत्ता गठबन्धन दुई महिना पनि नटिकेपछि उहाँले प्रधानमन्त्रीविरुद्ध गरेको त्यो विष वमन सामान्य विषय थिएन । सरकारलाई भारतपरस्त देखाउँदै चीनको पक्षमा आफूलाई उभ्याउन ओलीको यो अभिव्यक्ति आएको धेरैले अनुमान गरे । केन्द्रीय सत्ता मात्रै होइन, सातवटै प्रदेश सरकार गुमाउनुका साथै अन्य

राजनीतिक लाभका पदबाट वञ्चित हुनुपर्दाको पीडाको अभिव्यक्ति मात्रै थिएन त्यो, आफूलाई कथित राष्ट्रवादी देखाउने ओलीको कमसल चतु-याइँ थियो ।

नेपालका राजनीतिक दलले कसरी आफ्नो स्वार्थअनुकूल कूटनीतिको परिभाषा गर्छन्, यो एउटा उदाहरण मात्रै हो । सत्ता स्वार्थका लागि जस्तोसुकै सम्झौता गर्न पनि तयार हुने तर सत्ताबाट बाहिरिने परिस्थिति सिर्जना भए कुनै अमूक देशलाई दोषारोपण गरेर आन्तरिक राजनीतिलाई धूमिल बनाउने प्रवृत्ति हो ।

नेपालमा एकथरी नेता र राजनीतिज्ञको साझा रोग छ, राष्ट्रवादी देखिन भारतको विरोध गर्ने । भारत, अमेरिकासहित पश्चिमा मुलुकको विरोध गरेपछि उनीहरू राष्ट्रवादी कहलिने । जसको असर नेपालको परराष्ट्र सम्बन्ध र नीतिमै प्रस्टै देखिन थालेको छ । विश्वकै गरिब मुलुकमध्येमा पर्ने नेपालले बाँकी विश्वसँग असल कूटनीतिक सम्बन्ध स्थापित गर्दै मुलुकको हितका पक्षमा त्यसलाई उपयोग गर्न सक्नुपर्छ । नेपालको हितलाई केन्द्रमा राखेर कूटनीतिमार्फत वैदेशिक सहयोग र लगानी भित्र्याउनुपर्नेमा आन्तरिक राजनीतिको जोडघटाउ वा नाफाघाटाको विषयलाई लिएर मित्रराष्ट्रसँगको सम्बन्धमा दख्खल र दरार ल्याउने काम हुनु हुँदैन ।

सरकार गठन विघटनको विषय नेपाली राजनीतिको आन्तरिक विषय हो । नेपालजस्तो संसदीय व्यवस्था भएको मुलुकमा बहुमत जसको पक्षमा पुग्छ, उसैले सरकार बनाउने हो । बहुमत नपुगेको अवस्थामा सरकार विघटन हामीले अवलम्बन गरेको राजनीतिक व्यवस्थाको परिणाम हो । बहुलवाद भएको हाम्रो मुलुकमा आफूअनुकूल सरकार बनोस् भन्ने चाहना छिमेकी एवं अन्य मित्र राष्ट्रको हुनु अन्यथा होइन । त्यसमा पनि सङ्घीय लोकतान्त्रिक नेपालमा लोकतन्त्रको स्थायित्व र दिगोपनका पक्षमा पनि कतिपय राष्ट्रको सद्भाव हुन सक्छ । नेपालका राजनीतिक दलकै आत्मनिर्णयको सवाल हो कस्तो सरकार बनाउने, कसको सरकार बनाउने भन्ने विषय ।

विडम्बना, नेपालमा सरकार गठन हुँदा होस् वा विघटन, त्यसमा बाह्य शक्तिको प्रभाव पर्छ भन्ने आमबुझाइ छ । यसो हुनुमा नेपालभित्रकै राजनीतिक दल कारक हुन् । आफू सत्तामा जान विदेशी शक्तिसँग अपारदर्शी रूपमा जायज/नाजायज सम्झौता गर्ने अनि सत्ताबाट बाहिरिएपछि तिनै शक्तिमाथि विषवमन गर्ने प्रवृत्तिले नेपाली राजनीति र यहाँका नेताको विश्वसनीयता खस्कँदो मात्रै छैन, नागरिकबीचमा पनि दल र नेताप्रतिको भरोसा कमजोर बन्दै गएको छ ।

सत्ता स्वार्थमा एउटा निर्णय गर्ने अनि सत्ता बहिर्गमनपछि सोही विषयमा फरक धारणा बनाउने प्रवृत्तिले नेपालप्रतिको बाह्य बुझाइ फितलो बन्दै गएको छ । हाम्रोजस्तो मुलुकले बाँकी विश्वसँग विश्वासको वातावरण बनाउनुको साटो उल्टै उपयोगको राजनीति गर्ने चरित्र प्रदर्शन गर्ने हो भने विश्वमञ्चबाट एक्लिने चिन्ता बढ्नेछ ।

२०७४ सालको निर्वाचनपछि बनेको ओली सरकारबाट नेपालको छिमेकी मुलुक भारतसहित हाम्रा मित्रराष्ट्रसँगको सम्बन्धमा प्रत्यक्ष दरार ल्याउने काम भयो । कहिले भारतविरुद्ध चिनियाँ कार्ड त, कहिले चीनलाई गुमराहमा राखेर भारतसँग अस्वाभाविक निकटताले दुई छिमेकी मुलुकबीच नै नेपालको सम्बन्धमा चिसोपन ल्याउने काम भयो ।

नेपालसँग निकट सम्बन्ध भएका मुलुकसँग ओलीले बढाएको विश्वासको सङ्कटले नेपालको कूटनीतिमा गम्भीर असर देखियो । जब कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुभयो, उहाँले छिमेकी मुलुकसहित बाँकी मित्रराष्ट्रसँगको सम्बन्ध सुधार गर्दै विश्वासको वातावरण निर्माणमा महìवपूर्ण भूमिका खेल्नुभयो । छिमेकी भारतसँगको सम्बन्ध सुधार र विश्वासको वातावरण निर्माणमा देउवा नेतृत्वको सरकारको भूमिका महìवपूर्ण रह्यो । पछिल्ला वर्ष नेपाल भारत मात्र नभएर, अन्य देशसँगको कूटनीतिक सम्बन्धमा सकारात्मक सङ्केत देखिएका छन् ।

पछिल्लो समय नेपालको आन्तरिक राजनीतिमा चीनले पनि आफ्नो उपस्थिति बढाएको छ । एमसीसीका विरुद्धको लबिङ मात्र होइन चुनावमा कम्युनिस्ट पार्टीबीच गठबन्धन होस् भन्ने उसको चाहना थियो । लोकतान्त्रिक शक्तिहरूलाई बाहिर राखेर सत्ता समीकरण बनाउन चिनियाँ अधिकारीको दौडधुप चलेको थियो ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको वर्तमान सरकारले नेपालको हितका पक्षमा विदेश नीतिलाई प्राथमिकतामा राख्नुपर्छ । ‘नेसन फस्ट’ नेपालको कूटनीतिको आधार बन्नुपर्छ । सत्ताको जोडघटाउ वा सत्ता स्वार्थमा विदेशी नीतिलाई प्रभावित पार्ने काम गरिनु हुन्न ।

तेस्रो कार्यकालका रूपमा प्रधानमन्त्री प्रचण्डले पहिलो विदेश भ्रमण भारतबाट सुरु गर्दै हुनुहुन्छ । प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा मात्र पु¥याउने छैन एकअर्काबीच विश्वासको सम्बन्ध बढ्ने आमअपेक्षा छ । भारत र नेपालबीचको सम्बन्ध विशेष मात्र होइन, विशिष्ट छ । दुई देशबीचको खुला सिमाना विश्वमञ्चमा असल छिमेकी मुलुकको उत्कृष्ट नमुना हो । नेपालले विश्वका अन्य लोकतान्त्रिक मुलुकसँगको सम्बन्धलाई थप दरिलो र विश्वासिलो बनाउँदै देशको समुन्नतिका लागि उनीहरूबाट भरपूर सहयोग लिन सक्नुपर्छ । यसैमा राजनीतिक नेतृत्वको कौशलता परीक्षण हुन्छ ।

लेखक नेपाल प्रेस  युनियनका सचिव हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

भर्खरै प्रकाशित

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज