Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मिटरब्याजसम्बन्धी उजुरी बढ्दै

Author Avatar साझा न्यूज 21st May 2023 , 10:55 AM
मिटरब्याजसम्बन्धी उजुरी बढ्दै

तौलिहवा, जेठ ७ गते । कपिलवस्तुमा अनुचित लेनदेन (मिटरब्याज) व्यवहार सम्बन्धमा अन्तर्क्रिया तथा सुझाव सङ्कलन गरिएको छ। मिटरब्याज छानबिन सम्बन्धमा बनेको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहित सदस्यहरू गणेशबाबु अर्याल, उत्तमराज सुवेदीको उपस्थितिमा सर्वपक्षीय भेला आयोजना गरी जिल्लामा मिटरब्याज पीडितको अवस्थाबारे सुझाव लिइएको हो।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले आयोग गठनअघि २० र गठनपछि ४४ वटा उजुरी दर्ता भएको जानकारी दिनुभयो। उहाँले उजुरीको अध्ययन भइरहेको बताउनुभयो।

मिटरब्याज पीडितलाई उजुरी दिनेबारे सबै सरोकारवालाले पहल गर्नुपर्ने उहाँको भनाइ छ। मिटरब्याजबाट पीडित भएकालाई उजुरी दिन सहजताका लागि प्रशासन कार्यालयमा मिटरब्याज पीडित सहायता कक्षसमेत स्थापना गरिएको छ।

आयोगका अध्यक्ष कार्कीले निर्धक्क भएर जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन वास्तविक मिटरब्याज पीडितलाई आग्रह गर्नुभयो। उजुरीका आधारमा अध्ययन अनुसन्धान गरी पीडितलाई न्याय दिइने उहाँले बताउनुभयो। उहाँले सरकारले मिटरब्याज पीडितको पक्षमा काम गर्ने गरी कानुन ल्याएको भन्दै अनुचित लेनदेन अपराध भएको बताउनुभयो। जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले मिटरब्याजबाट पीडित भएकालाई सरकारले छिट्टै न्याय दिनुपर्ने बताउनुभयो। मिटरब्याजीको चङ्गुलमा पढेलेखेका मानिससमेत पर्ने गरेको पाइएको उहाँले बताउनुभयो।  छलफलमा भाग लिँदै भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्यायले नैतिकताको अभावमा मानिसले मिटरब्याज जस्तो अपराध गरिरहेको बताउनुभयो। यस विषयमा राज्य नै कडा रूपमा प्रस्तुत हुनुपर्ने धारणा उहाँले राख्नुभयो। समाज सञ्चालनका लागि लेनदेन आवश्यक भएको भन्दै अनुचित गर्नेलाई कडा कारबाही गर्नुपर्ने उहाँको भनाइ छ।

दाङमा २८४ उजुरी 

यसैबीच घोराही समाचारदाता लीलाधर वलीका अनुसार सरकारले मिटरब्याजसम्बन्धी देखिएका समस्या समाधानका लागि अनलाइन निवेदनको व्यवस्था गरेपछि दाङमा उजुरी दिने पीडितहरूको सङ्ख्या बढेको छ।

जिल्ला प्रशासन कार्यालय घोराहीमा एक महिनाको अवधिमा करिब दुई सय बढी उजुरी परेका छन्। वैशाख ५ गतेदेखि जेठको ५ गतेसम्म २०१ वटा मिटरब्याज पीडितका उजुरी परेको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले जानकारी दिनुभयो। प्रमुख जिल्ला अधिकारी वैद्यका अनुसार योसँगै जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज पीडितहरूको उजुरीको सङ्ख्या २८४ पुगेको हो । यसअघि २०७९ भदौको १२ गतेदेखि २०८० वैशाख ४ गतेसम्म जिल्ला प्रशासन कार्यालयमा ८३ वटा मिटरब्याजसम्बन्धी उजुरी परेका थिए।

प्रमुख जिल्ला अधिकारी वैद्यले भन्नुभयो, “गत वर्षको भदौदेखि यही वैशाख महिनासम्म ८३ वटा मिटरब्याजसम्बन्धी लिखित उजुरी परेका थिए भने अहिले अनलाइनका माध्यमबाट थप २०१ वटा उजुरी परेका छन्।” जिल्ला प्रशासन कार्यालयले ८३ उजुरीमध्ये २६ वटा उजुरीमा दुवै पक्षलाई छलफल गराएर मिलापत्र गरिएको जनाएको छ।

यसैगरी मिलापत्र हुन नसकेका ११ वटा उजुरी जिल्ला प्रशासनले जिल्ला अदालतमा पठाएको र चारवटा उजुरी जिल्ला प्रहरी कार्यालयमा पठाइएको प्रजिअ वैद्यले जानकारी दिनुभयो। बाँकी ४१ वटा निवेदनमा छलफल हुन बाँकी रहेका छन्।

पीडितले १० हजारदेखि एक करोड रुपियाँसम्म लेनदेन गरेको भन्दै उजुरी दिएका छन्। उजुरीहरूमध्ये अधिकांश अदालतबाट फैसला भएका, विचाराधीन रहेका, मालपोतबाट जग्गा छिनुवा पास भएका र दृष्टिबन्धक राखेका रहेका छन्। प्रजिअ वैद्यले पछिल्लो समय मिटरब्याजका पीडितले उजुरी दिने व्रmम बढेको छ। अनलाइनबाट उजुरी दिने व्यवस्था गरिएपछि करिब ३५ वर्ष पुरानो २०४६ सालमा भएको लेनदेनसम्बन्धी उजुरीसमेत परेको छ

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति

घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइदै

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइदै

भर्खरै प्रकाशित

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति

घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज