Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

गाउँ गाउँमा भुम्या नाचको रमझम

Author Avatar साझा न्यूज 21st May 2023 , 11:36 AM
गाउँ गाउँमा भुम्या नाचको रमझम

रुकुमपूर्व, जेठ ७ गते  । रुकुम, रोल्पामा मगर समुदायको मुख्य पर्व भुम्या नाचको रमझम सुरु भएको छ। भुम्या पर्वलाई विशेष पूजा आराधना गरी धुमधामका साथ नाचगान गरी मनाउने गरिन्छ। मगर समुदायको ठुलो पर्व बल पूजा अर्थात् भुम्या जेठ महिना लागेसँगै सुरु हुन्छ। जेठ १ गतेदेखि सुरु हुने यो पर्व असार ५ गतेसम्म धुमधामसँग मनाइन्छ। जेठ १ गतेदेखि भुम्या नाच फुकुवा गरी हरेक साँझ गाउँघरमा नाच्ने गरिन्छ।

निश्चित विधिपूर्वक नाचिने यो पर्व जेठ मसान्तदेखि असारको पहिलो हप्तासम्म खुब रमाइलोका साथ मनाइने गरिन्छ। जेठ १ गतेदेखि जेठ मसान्तको अघिल्लो दिनको अवधिको नाचलाई भुम्या नाच फुकुवा अर्थात् भुम्या नाचको पूर्वतयारीको रूपमा हरेक साँझ गाउँघरका चोक तथा चौतारामा नाच्ने गर्ने गरिएको छ। वैशाखे पूर्णिमाको दिन सिद्ध पूजा लेकमा सुरु हुनुअगाडि स्थानीयले खोलामा झाँक्री बसेर रनवन बाँध्ने गर्दछन्। गाउँपञ्चबाट सिद्ध पूजा गरेर झरेपछि तल खोलामा झाँक्री बसी गाउँलाई तन्त्रमन्त्र गरी चार किल्ला बाँध्ने गरेको स्थानीय कला संस्कृतिका जानकार  भुमे गाउँपालिका–३, क्याङ्सीका तिलकबहादुर रोका मगरले बताउनुभयो।

झाँक्री बसी खोलाको चौदोहाबाटै राक्षसलाई धपाउने गरेको रोका मगरले बताउनुभयो। उहाँले भन्नुभयो, “राक्षस धपाउने बेलामा प्रत्येक घरमा एक वनस्पतिको बोट धङ्किलाको हाँगा राखेको हुनुपर्छ।”

अहिले जिल्लाका प्रायः गाउँका चौतारा, चोकमा मानिसको भिड बढ्दै गएको छ।  भुम्या नाच्ने, बजाउने, गाउने तथा रमाउनेले गाउँघरका चोक/चौतारा भरिँदै छन्। जेठ १ गतेदेखि हरेक बेलुकीपख चोक/चौतारामा सर्वसाधारण जम्मा हुने गरेका छन्। भुम्या नाच्ने आफैँले गाउँछन् भने बाजा बजाउनेको टोली अर्को छुट्टै हुन्छ। बालबालिकादेखि वृद्धवृद्धासम्म एउटै र मौलिक पोसाकमा लहरै गरी भुम्या नाचिन्छ।

स्थानीय कला संस्कृतिका जानकार रोका मगरले बर्सातको समयमा लेकबाट बाढीपहिरो नझरोस्, बेसीको बालीनाली खोलाले नबगाओस्, खेतबारीको कटान नहोस्, जनधनको क्षति नहोस् र बालीनाली सप्रियोस् भन्ने जनविश्वासका साथ बल पूजा गरिँदै आएको बताउनुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति

घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइदै

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइदै

भर्खरै प्रकाशित

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति

घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज